हेडलाईन

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, १ रजत र ४ कास्य पदक         ब्लफ कल गर्नेलाई २ वर्ष कैद         संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव         मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर         गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान         गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?         डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो         तामाङ जातिको घेवा संस्कार         आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा         कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ         पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन         विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने         अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न         कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने         तामाङकाे शव हनुमन्ते खोलामा फेला        

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान 

याम्बु – नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश नामाकरण र आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङकाे सभाहलमा भएकाे  थियाे । 

 

प्रमुख अतिथि नेपाल अादिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले यो सरकारले आदिवासी जनजातिको पहिचान त दिएन नै हिजो दिएको अधिकार समेत सबै खोसेको छ । यसको लागि अब काठमाडौमा बसेर मात्रै हुँदैन । अब मैदानमा ओर्लनु पर्छ, जिल्लामा जानुपर्छ, गाउँमा झर्नुपर्ने बताएकाे छ । उनले भने हाम्रो समुदायलाई छुट्याएको कोटाबाट संघ र प्रदेश संसदमा प्रतिनिधित्व गरेका सांसदहरुले आज हाम्रो मुद्दाको पक्षमा बोलिरहेका छैनन् । त्यस्ता सांसदहरुलाई हामीले खबरदारी गर्नुपर्छ, त्यतिले पुगेन भने बहिष्कार गर्न समेत तयार हुनु पर्ने बताएकाे छ । आदिवासी जनजाति आन्दोलनको सम्बन्धमा फेसबुकमा चर्को कुरा गरेको सुनिन्छ । तर फेसबुकमा चर्को कुरा गर्नेहरु आन्दोलनमा समेत नअाएकाे बताए ।

त्यसैगरि अतिथि परशुराम तामाङले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिको मुद्धा हामी आदिवासी जनजातिले उठाएको मुद्धा हो । हिजो यो मुद्दा नबोक्ने राजनीतिक पार्टीहरु आज संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र स्वीकार गरेका छन् । यो हाम्रो जित हो तर आज हारेकाहरु जितेका भन्छन् भने जितेकाहरु हारेका ठान्नु बिडम्बना हो । हामीले केही नपाएको भन्नु हुँदैन । केही पाएका छौ । पाएको ठाउँबाट संघर्षको थालनी गर्नुपर्छ । नेवाः ताम्सालिङको राजनीतिक सम्मेलनबाट साझा सहमति कायम गरी जे घोषणापत्र जारी ग¥यौ, त्यो घोषणापत्र हाम्रो प्रतिवद्धता पत्र हो । अहिले केही मान्छेहरु भित्र भित्र नेपाल मण्डल भन्दै हिडेका छन् । हामी संगठनले पास गरेको दस्तावेजभन्दा बाहिर जानु हुँदैन । इतिहासले स्थापित गरेको पहिचान नमान्ने हो भने भोलीको द्वन्द्व कल्पना गर्न नसकिने खालको हुनेछ । त्यो अवस्था आयो भने हाम्रो त केही जादैन तर सत्ता बर्गले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । हामीले भनेको नेवाः ताम्सालिङ बहु पहिचान हो । जुन पूर्व एमालेको मुद्धा हो भने माओवादीको पनि हो । आज संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनमा लान हिच्किचाउँदा संविधान काम नलाग्ने भएको छ । संविधान संशोधन गर्नैपर्ने भएको छ । नत्र गलत सोचका साथ बनाएको संविधानको कारण संघीयता असफल हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी नेता सीताराम तामाङले आदिवासी जनजातिहरूले  राजनीति गरेर नखाने भयो । अब सबैले राजनीति गरौ । सडक संघर्षमा निस्कौ  सडक आन्दोलनलाई अघि बढाउन सकेन भने हाम्रो माग पुरा हुँदैन । 

नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनले सरकारबाट हामीले हाम्रो पहिचान र माग पुरा हुन्छ भन्ने आशा छैन ।आदिवासी जनजातिहरुलाई सिध्याउन थुप्रैलाई अल्पसंख्यक बनाइदिएको छ । थारुलाई त छुट्याइ नै सक्यो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान समेत कोमामा छ । प्रतिष्ठान सकिएपछि जनजातिको सूचिकरण पनि सकिन्छ ।

यसकारण हाम्रो मागलाई पुरा गर्नको लागि अब भाषणले हुँदैन । गाउँमा जानुपर्छ, फिल्डमा जानुपर्छ । २, ४ जना शहिद बन्न तयार हुनुपर्छ । ढिला भइसक्यो, छिटो उत्रिनु प¥यो । मलाई कारवाही गरोस् पार्टीले, म तयार छु । कारवाही देखि डराएर हुँदैन । यसको लागि पार्टीभन्दा माथि उठ्नुपर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान  याम्बु - नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश... बाँकी यता

tamang online / August 3, 2018

सुन तस्करी: फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले... बाँकी यता

tamang online / May 31, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Profile Nepal