हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ समाज न्युयोर्कबाट उच्च शिक्षा हासिल गरेका बिध्यार्थीलाई सम्मान

एनपी परदेशी , न्युयोर्क | अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ युवाहरुलाई सम्मान गर्दै उनीहरुला‌ई बिभिन्न क्यारीअर सन्दर्भमा छलफल गरी सहयोग पुराउँने उध्देश्य राखी तामाङ समाज न्युयोर्कले हालै एक कार्यक्रमको आयोजना गर्यो । गत जुलाईको २९ तारिक आईतबार न्युयोर्क स्थित ज्याक्सन हाईटमा उक्त कार्यक्रमको सम्पन्न भयो ।

न्युयोर्क राज्यमा बसोबास गरी सन २०१८ मा एसोसिएट डिग्री वा सो भन्द माथि हासिल गरेका ११ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा मास्टर्स डिग्री पुरा गरेका अमृत लामा थिए भने ब्याचलर डिग्री पुरा गरेका मरिना तामाङ, उमा लामा, करुणा लामा, निलिमा रुम्बा र एन्जेला गरी पाँच जना थिए । त्यसैगरी तेन्जी योन्जन, सरीता लामा, साङ्मो लामा, तेन्जिङ योन्जन र सोनिका लामाले एसोसिएट डिग्री पुरा गरेका थिए ।

उच्च शिक्षासँगै अमेरिकामा कसरी आफूले चाहेको क्षेत्रमा क्यारीअरको विकास गर्दै जाने भनेर छलफल गर्न बिभिन्न क्षेत्रमा सफल्ता हासिल गरेका नौ जनाले आफ्नो क्षेत्रको बारेमा अनुभवहरु सुनाएका थिए । कार्यक्रम तालिका अनुसार डाक्टर बर्षा मोक्तान, डाक्टर आसमान लामा, कम्प्युटर ईन्जिनियर रोशन लामा, ईलेक्ट्रिक ईन्जिनियर समीर तामाङ, लाग्वार्डिया कम्युनिटी कलेजका सल्लाहकार प्रविन मोक्तान, युवा व्यवसायी पवन मोक्तान, पुर्व मिस तामाङ (२०१३) लाक्पा तामाङ लगायतले क्यारिअर विकास सम्बन्धी अनुभवहरु सुनाए ।

आयोजक सँस्थाका सचिव दिपेन्द्र लामाका अनुसार तामाङ युवा जगतलाई उच्च शिक्षासँगै क्यारिअरमा अगाडी बढ्न उत्साह जगाउँने कार्यक्रमको प्रशंसा गर्दै प्रोफेसर क्याथरिन मार्च, सांसद नविना लामा, नेपाली सेनाका कर्णेल तथा गीतकार डाक्टर आश बहादुर तामाङ, जापानका लागि पूर्वराजदूत तथा समाजसेवी गणेश योन्जन, बिमान चालक सिनियर क्याप्टेन तथा कलाकार बिजय लामा लगायतले सफल्ताको लागि शुभकामना पठाएका थिए । कार्यक्रममा उपस्थित गैह्रअावासीय नेपाली सँघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाका महासचिव बाबुराम लामा, तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु राम तामाङ, सूर्य पाख्रिन लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिध्यार्थी सम्मान कार्यक्रमलाई प्रत्येक बर्ष नियमित गर्ने कार्य्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष गोमा योन्जनले बताईन् ।

चरणबध्द सँचालित कार्यक्रमको सँचालन आयोजक संस्थाका सचिव दीपेन्द्र लामा, सह-सचिव रोज लामा लगायत कार्यक्रमका संयोजक छिरिङ योन्जनले पालै पालो गरेका थिए । कार्यसमिती सदस्य नुर्बु तामाङले स्वागत मन्तब्य दिएका थिए । आयोजक संस्थाका कार्यसमिती सदस्यहरु निकै खटेर लागेका कार्यक्रम अत्यन्तै राम्रो र अर्थपुर्ण रहेको उप‍स्थित सहभागीहरुले बताए भने सामाजिक सञ्जालमार्फत बिश्वभरबाट प्रशंसा गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution