हेडलाईन

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक         ब्लफ कल गर्नेलाई २ वर्ष कैद         संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव         मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर         गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान         गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?         डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो         तामाङ जातिको घेवा संस्कार         आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा         कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ         पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन         विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने         अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न         कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने         तामाङकाे शव हनुमन्ते खोलामा फेला        

मोबाइल हरायो ? पत्ता लगाउन अब अनलाइनबाटै दर्ता

काठमाडौँ, साउन १७ गते । मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ ।


नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो ।

तपाईंको पनि मोबाइल हराएको छ भने आफैँले अनलाइनमै दर्ता गर्न सक्नुहुनेछ । त्यसका लागि ईआईआर डट एनटीए डट जीओभी डट एनपीमा लग इन गर्नुपर्नेछ । यसरी लग इन गरिसकेपछि त्यसको तलपट्टी रहेको साइन अप बटन क्लिक गर्नुपर्नेछ ।

त्यसपछि तपाइँलाई दुईवटा विकल्प उपलब्ध हुनेछ । त्यसमध्ये मोबाइल हराएको अवस्थामा रातो रङको पृष्ठभूमिमा लेखिएको ‘इन्डिभिजुअल एप्लिकेसन’मा क्लिक गरेपछि त्यहाँ उल्लेख विवरण भर्नुपर्ने छ ।

विवरणमा मोबाइलको आएमईआई, इएसन अथवा एमइआईडी नम्बरमध्ये कुनै एक उल्लेख गर्नुपर्नेछ । त्यस्तै हराएको मोबाइलको ब्रान्ड नाम, मोडल नम्बर पनि त्यहाँ आवश्यक पर्छ । एकै पटक दुईवटा मोबाइल हराएको छ भने पनि त्यसको विवरण भर्न सकिने सुविधा उक्त अनलाइनमा रहेको छ ।

हराएको व्यक्तिले यसरी अनलाइन दर्ता गर्दा आफ्नो नागरिकता, पासपोर्ट अथवा परिचय खुल्ने कार्डको स्क्यान कपी भने राख्नुपर्नेछ । अन्त्यमा इमेल राखेर त्यसलाई सबमिट गरेपछि त्यो खोज्ने प्रक्रियामा अघि बढ्छ । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार यसरी प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी दूरसञ्चार सेवा प्रदायकसम्म पु¥याइन्छ । सेवा प्रदायकले पनि उक्त मोबाइल प्रयोगमा रहेको अवस्थामा पत्ता लगाउन सजिलो हुने भएकोले त्यहाँ पहिले उक्त जानकारी उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

त्यसपछि उक्त जानकारी अनलाइन मार्फत नै प्रहरीलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । सबै प्रक्रिया अनलाइनमै हुने भएकोले हराएको व्यक्तिले फरक फरक ठाउँमा धाउनुपर्ने समस्या नहुने उहाँले बताउनुभयो । कागजी रूपमा हराएको मोबाइलको दर्ता प्रक्रिया छोट्याएर अनलाइनबाटै छिटो सुविधा उपलब्ध गराउन यसलाई कार्यान्वयनमा ल्याइएको हो, उहाँले भन्नुभयो ।

हराएको मोबाइल पत्ता लागेपछि प्रहरी कार्यालय अथवा प्राधिकरण आफैले सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिने व्यवस्था हुने पनि प्रवक्ता अर्यालले बताउनुभयो । प्राधिकरणले अनलाइनबाटै दर्ता सुरु गरे पनि यो अझ पूर्ण रूपमा तयार हुन केही बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी अपुरो रहेमा अनलाइनमार्फत नै सचेत गराउने व्यवस्था पनि यसमा गरिएको छ । यसबाहेक मोबाइल ब्लक गर्नुपर्ने र ट्रयाक गर्नुपर्ने भएमा पनि त्यसको सुविधा यसमा थप गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान  याम्बु - नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश... बाँकी यता

tamang online / August 3, 2018

सुन तस्करी: फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले... बाँकी यता

tamang online / May 31, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Profile Nepal