इजरायलमा भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती मनाउने तयारी
तेलअविव – नेपाली वाङ्मयका प्रणेता भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती इजरायलमा आउँदो १४ जुलाई २०१८ (शनिबार) बिहान बजे देखि तेलअविव स्थित नेवेशानन ४६ मा भव्यताका साथ मनाउने तयारी गरेको छ | कार्यक्रममा नेपाली भाषा, साहित्य तथा कला संस्कृति एवम मनोरञ्जनात्मक प्रस्तुत गर्ने भएको छ |
इजरायलमा साहित्य र कलालाई उजागर र सम्बर्द्धन गर्ने उदेश्यले स्थापना भएका साहित्य र कला क्षेत्रमा आबद्ध चार संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर, तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा मनाउन लागिएको यस कार्यक्रममा इजरायलमा रहनुहुने समस्त नेपाली साहित्यकार, साहित्यानुरागीहरुलाई तथा कला क्षेत्रमा आबद्ध प्रतिभावान कलाकारहरुलाई समेत समेटी भानु जयन्ति मनाउने भएको छ |
आयोजकले कार्यक्रममा उपस्थिति हुनको लागि इजरायलवासी नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ |