हेडलाईन

तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट         दशैं राजनीति कि संस्कृति ? – मोहन गोले तामाङ         देखे जस्तो छैन अमेरिका- सुने जस्तो हैन अमेरिका        

एप्पल प्रयोगकर्ताको गोपनीयता निम्ति फेसबुकसँग भिड्दै

अमेरिकी अनुसन्धान संस्था ‘एफबिआई’ ले केही समयअघि एक अभियुक्तको आइफोन ‘अनलक’ गरेर सूचना उपलब्ध गराउन एप्पललाई दबाब दिएको थियो।संसारकै अग्रणी मोबाइल उत्पादक कम्पनी ‘एप्पल’ यो दबाबविरुद्ध कानुनी उपचारमा गयो, तर एफबिआईले मागेको सूचना दिएन।

आफ्ना ग्राहकको फोन ‘अनलक’ गरेर सूचना चोर्नु ‘गोपनीयताको हकविरुद्ध’ हुने कम्पनीको जिकिर थियो।उपभोक्ताको गोपनीयता निम्ति एफबिआईसँग लडाइँ मोलेको एप्पलले पछिल्लोपटक फेसबुकलाई त्यस्तै चुनौती दिएको छ।

फेसबुकले आफ्ना प्रयोगकर्ता पछ्याउने क्षमता राख्छ। कसले कुन ठाउँमा बसेर फेसबुक चलाइरहेको छ पत्ता लगाउन सक्छ। जानकारीहरू लिन सक्छ।

एप्पलले यसको विरोध गर्दै आइफोन र म्याकको सफारी ब्राउजरबाट फेसबुक चलाउँदा त्यसरी पछ्याउन रोक लगाउने चेतावनी दिएको छ।

पहिले प्रयोगकर्ताले थाहै नपाइ जानकारी लिइरहेको फेसबुकले अब सफारीबाट भने प्रयोगकर्ताको अनुमतिबिना लिन पाउने छैन।

‘गोपनीयता भनेको आधारभूत मानवअधिकार हो,’ एप्पलका प्रमुख कार्यकारी टिम कुकले सिएनएनसँगको एक अन्तर्वार्तामा भनेका छन्। फेसबुकले आफ्नो ‘लाइक’ र ‘सेयर’ बटनमार्फत् प्रयोगकर्तालाई पछ्याउन सक्ने एप्पलको भनाइ छ।

‘यी लाइक र सेयर बटनहरू हामी सबैले देखेका छौं,’ एप्पलका सफ्टवेयर प्रमुख क्रेग फेडेरीले सोमबार एक सम्मेलनमा भने, ‘यही बटनबाट प्रयोगकर्तालाई ‘ट्रयाक’ गर्न सकिन्छ। तपाईं यी बटन थिच्नुस् या नथिच्नुस्, तर कम्पनीले यसैमार्फत् तपाईं कहाँ हुनुहुन्छ भनी पत्ता लगाउन सक्छ। हामी यस वर्षदेखि सफारी ब्राउजरबाट त्यस्ता साइट चलाउन रोक लगाउँदैछौं।’

उनले आफ्नो वक्तव्यमा फेसबुकको नाम लिएनन्। तर, सफारीले त्यस्ता वेबसाइटमा कसरी रोक लगाउँछ भनी जुन ‘स्क्रिन–सट’ देखाए, त्यसमा फेसबुककै उदाहरण थियो।

एप्पलको यो निर्णय फेसबुकतर्फ लक्षित भए पनि प्रयोगकर्ताको गोपनीयता उल्लंघन गर्ने अरू कम्पनीका हकमा समेत लागू हुनेछ।

जुन कम्पनीले आफ्ना वेबसाइटबाट प्रयोगकर्ता ‘ट्रयाक’ गर्छ, त्यसका वेबसाइट सफारीमा खुल्ने छैनन्।

‘सफारी’ भनेको आइफोन र म्याकमा इन्टरनेट खोल्न प्रयोग गरिने एप हो। गुगल क्रोम, मोजिला फायरफक्स, इन्टरनेट एक्सप्लोरर लगायतले यस्तै काम गर्छ। एप्पलले फेसबुकविरुद्ध निशाना साँधेको यही एउटा मात्र होइन।

आइफोनको नयाँ सफ्टवेयर अपडेटपछि एप्पल प्रयोगकर्ताले केही एपको ‘नोटिफिकेसन’ सजिलै बन्द गर्न सक्नेछन्। यहाँ पनि कम्पनीले फेसबुकको नाम लिएको छैन। प्रचार सामग्रीहरूमा भने फेसबुककै नोटिफिकेसन बन्द गरेको देखाइएको छ।

फेसबुकजस्ता कम्पनीको आम्दानीको मुख्य स्रोत नै ग्राहकबाट लिएको सूचना हो।

सफ्टवेयर अनुसन्धानकर्ताहरू भने फेसबुकले आफ्नो आम्दानी निम्ति प्रयोगकर्ताको गोपनीयतासँग सम्झौता गर्न नपर्ने बताउँछन्।

उनीहरूका अनुसार फेसबुकको दायरा नै यति फराकिलो छ, कमाइ गर्न सूचना चोरेर बेच्नै पर्दैन।

‘फेसबुकको सबभन्दा ठूलो विशेषता भनेको यसको फराकिलो दायरा हो,’ सुरक्षा अनुसन्धानकर्ता सियान सुलिभानले भने, ‘विज्ञापनबाटै लगभग त्यति नै कमाइ गर्न सक्छ, जति ग्राहकको सूचना बेचेर गर्दै आएको छ।’

एप्पलको निर्णयले फेसबुकलाई प्रत्यक्ष प्रभाव पर्नेछ। यसले दुई कम्पनीका प्रमुख कार्यकारीबीच नयाँ चरणको ‘वाकयुद्ध’ सुरु भएको छ।

प्रयोगकर्ताका गोप्य सूचना कम्पनीको व्यावसायिक प्रयोगमा ल्याउन बन्द गरिनुपर्ने टिम कुकको भनाइ छ।

उनले यसमा नियमनको खाँचो औंल्याएका छन्। फेसबुकका मार्क जुकरबर्गले भने कुकको भनाइलाई ‘सतही’ भनेका छन्।

यी दुई कम्पनीको आयआर्जन गर्ने तौरतरिका फरक छ। फेसबुकले आफ्ना प्रयोगकर्ताको सूचना पत्ता लगाउँछ।

उसका आनीबानी, चालचलन थाहा पाउँछ। त्यही सूचना कम्पनीलाई बेचेर प्रयोगकर्ताको रुचिअनुसारका विज्ञापन पठाउन थाल्छ।

अर्कातिर, एप्पलले अधिकांश कमाइ हार्डवेयरबाट गर्छ। त्यही भएर उसले प्रयोगकर्ताको सूचनामा चासो राख्दैन। उपभोक्ताको गोपनीयताका लागि एफबिआईसँग हार नमान्ने एप्पल र यही सूचनाको भरमा टिकेको फेसबुकबीचको लडाइँ लामै समय चल्ने अनुमान गरिएको छ।

यसबाट म्याक र आइफोन प्रयोगकर्ताहरूलाई फेसबुक चलाउन भने गाह्रो पर्ने देखिन्छ।

(भाइस न्यूजबाट साभार)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution