हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अमेरिकी दूतावास तेलअविवबाट जेरुसलेममा , बिरोध प्रदर्शनी गर्ने ४१ जना प्यालेस्टिनी मारिए

संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ४१ प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोह हुनुअघि इजरेल र गाजा सीमा क्षेत्रमा छ हप्तादेखि भइरहेका व्यापक विरोधप्रदर्शनपछि सयौँ अन्य घाइते भएका विवरणहरूमा जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरू सो उद्घाटन समारोहमा सहभागी भएका छन्।

दूतावास सार्ने अमेरिकी निर्णयको इजरेलले स्वागत गरेको छ, तर त्यसले व्यापक अन्तर्राष्ट्रिय निन्दा निम्त्याएको छ।जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यताको प्यालेस्टिनीहरूले विरोध गर्दै आएका छन्।

जेरुसलेमको पूर्वी भाग आफ्नो भएको दाबी प्यालेस्टिनीहरूले गर्दछन् तर सो शहर कहिल्यै विभाजित हुन नदिने इजरेलले बताउँछ।गत छ हप्तादेखि भएका ती व्यापक प्रदर्शनहरूको नेतृत्व गाजाका इस्लामवादी शासक, हमासले गरिरहेको छ।

ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसलेममा सार्ने प्रतिबद्धता बारम्बार व्यक्त गरेका थिए।

विवादको जड

जेरुसलेमको हैसियतसम्बन्धी विवादको सोझो सम्बन्ध इजरेल-प्यालेस्टिनी द्वन्द्वसँग जोडिएको छ।इजरेल र प्यालेस्टाइन दुवैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।

जेरुसलेम शहरलाई इसाई, मुसलमान र यहुदीहरुले पवित्रस्थलका रूपमा मान्ने गर्दछन् ।जेरुसलेममाथिको इजरेली सार्वभौमिकताले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको छैन र सन् १९९३ मा भएको इजरेल-प्यालेस्टाइन शान्ति सम्झौताअनुसार जेरुसलेमको अन्तिम हैसियत भने शान्ति वार्ताका पछिल्ला चरणहरूमा मात्र छलफल हुनेछन्।

सन् १९६७ मा भएको मध्यपूर्वी युद्धयता पूर्वी जेरुसलेम इजरेलको अधीनमा छ। सो क्षेत्रलाई उसले आफैँमा गाभेको छ तर ट्रम्पले सन् २०१७ को डिसेम्बरमा घोषणा नगरेसम्म कुनै पनि देशले जेरुसलेमलाई इजरेली भूमि भनेर मान्यता दिएका थिएनन्।

के हो जेरुसलेम विवाद?

सन् १९६७ यता इजरेलले झण्डै २ लाख यहुदीहरूको निम्ति पूर्वी जेरुसलेममा दर्जनौँ बस्तीहरू निर्माण गरेको छ।अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ती बस्तीहरू गैरकानुनी मानिन्छन् तर इजरेलले त्यस्लाई अस्वीकार गर्दै आएको छ।

जेरुसलेमलाई इजरेलको राजधानीका रूपमा मान्यता दिने निर्णय र दूतावास सार्ने अमेरिकी राष्ट्रपति ‍ट्रम्पको कदमलाई इजरेली यहुदीहरूले समर्थन गरेका छन्।

अमेरिकी कदमलाई “वास्तविकतालाई दिइएको मान्यता” भनेर टिप्पणी गरेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुका लागि यो कूटनीतिक जित हो। बिबिसि |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution