हेडलाईन

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक         ब्लफ कल गर्नेलाई २ वर्ष कैद         संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव         मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर         गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान         गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?         डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो         तामाङ जातिको घेवा संस्कार         आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा         कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ         पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन         विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने         अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न         कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने         तामाङकाे शव हनुमन्ते खोलामा फेला        

हामी किन अर्काको कुरा काट्छौं ?

हामी किन ‘अर्काको कुरा काट्ने’ गर्छौ ? यो रोग हो कि प्रवृत्ति

–  ‘सुन त, फलानोकी छोरी किन राती ढिलो घर र्फकन्छे ? थाहा छैन राती-राती के काम गर्छे ?’

–  ‘होइन फलानोको आफन्त भर्खरै बितेको होइन ? हाँस्दै गफ गरिरहेको देख्छु । के भएको यस्तो ?’

–  ‘शर्मिलालाई देख्यौं ? कस्तो लुगा लगाएकी छे । त्यस्तो ठाँटिएर कहाँ जान लागेकी होला ?’

नेपालीमा भनाई छ, ‘अर्काको कुरा नकाटी, खाना रुच्दैन ।’ अर्थात हामीलाई आफ्नो भन्दा अरुको बढी चासो हुन्छ । आफ्नो कामकुरो छाडेर अर्काको चियोचर्चा गर्ने प्रवृत्ति छ हामीसँग ।

को के गर्दैछ, कहाँ जाँदैछ, कोसँग भेट्दैछ, के खाँदैछ, कसरी बोल्दैछ, कोसँग हिँड्दैछ हामीलाई चासो हुन्छ । भलै आफ्ना छिमेकी, चिनेजानेका, इष्टमित्र आदिको बारेमा चासो राख्नु मानविय स्वभाव हो । तर, हामी चासो मात्र राख्दैनौ, चियोचर्चा गर्छौ । आफ्नो कामधन्दा भन्दा हामीलाई अरुको बारे चासो लाग्छ । हाम्रो साझा प्रवृत्ति नै हो, ‘अरुको आङमा जुम्रा हिँडेको देख्ने ।’ हामी आफ्नै आङको ‘भैंसी’ चाहि देख्दैनौं ।

आफन्त, छिमेकी, साथीभाईको कुरा काटेर हामी आनन्द लिन्छौं । अरुको बारेमा यसरी चियोचर्चा गर्छौ, मानौ त्यो हाम्रो ठेक्का नै हो । यसरी कसैको अनुपस्थितीमा उसको कुरा गर्नु हामीलाई रमाइलो लाग्छ । टायम पास वा रमाइलोको बाहनामा हामी अर्काको बारे भए-नभएको कुरा गर्छौं । यसरी अर्काको कुरा गर्नु हाम्रो प्रवृत्ति हो ।

किन अर्काको कुरा काट्छौं ?

–  यो मानिसको स्वभावको हिस्सा हो कि, हामी जिज्ञासावश अर्काको बारेमा जान्न चाहन्छौं । यो जिज्ञासा जब हदभन्दा बढी हुन्छ, तब हामी अरुको बारे चियोचर्चा गर्छौं ।

–  अक्सर आफ्नो कमजोरी लुकाउनका लागि हामी अर्काको कमजोरी केलाउन थाल्छौं । एक किसिमले भन्ने हो भने यो स्वयम्लाई भ्रमित बनाउने काम हो ।

–  कहिलेकाहीँ हामी पट्यारलाग्दो समय कटाउन अर्काको बारेमा नानाभाँती कुरा गर्छौं । यो समय कटाउने बाहना पनि हो ।

–  अर्काको बारेमा कुरा गर्नु सजिलो काम हो । अझ अर्काको अनुपस्थितीमा उसको कुरा गर्नु धेरै सजिलो हुन्छ । हामीले सुझबुझ बिना नै अर्काको विश्लेषण गर्छौं । अर्काको बारेमा धारणा बनाउँछौं ।

–  मानिस आफैमा ईष्र्यालु स्वभावका हुन्छन् । हामी ईष्र्यावश अर्कालाई होच्याउने प्रयत्न गर्छौं । अर्काको कमजोरी खोतलेर उसलाई होच्याउँदा हामी सन्तोष अनुभव गर्छौं ।

–  हाम्रो हीनभावनाले पनि यस किसिमको व्यवहार गर्न उक्साउँछ । अरुको अगाडि आफुलाई राम्रो वा सक्षम देखाउनका लागि अर्काको कुरा काट्छौं ।

–  खासमा हाम्रो सामाजिक संस्कार नै यस्तै छ, जसको प्रभाव हामीमाथि परेको हो । अर्काको कुरा काट्ने, अर्कालाई होच्याउने, अर्काको चियोचर्चा गर्ने प्रवृत्ति हामी समाजका अन्य व्यक्तिबाट सिकिरहेका हुन्छौं ।

अर्काको कुरा काट्नु कति जायज ?

अर्काको कुरा काटेर हामीलाई के फाइदा हुन्छ ? यसको हिसाव किताव गर्ने हो भने हामी आफै ऋणात्मक अवस्थामा पुग्छौं । अर्थात अर्काको कुरा काट्नु भनेको हामी आफैलाई घाटा लाग्नु हो । घाटा यसकारण कि, हाम्रो समय बर्बाद हुन्छ । बुद्धि नष्ट हुन्छ । व्यक्तित्वमा आँच आउँछ ।

–  अर्काको कुरा काट्नु जायज वा राम्रो हुँदै होइन । तर, यो मानविय स्वभाव हो । यसलाई पूर्ण रुपले हटाउन सकिन्छ भन्ने छैन ।

–  कसैको चियोचर्चा गर्नु भनेको अर्काको निजत्वमाथि दख्खल पुर्‍याउनु पनि हो, जो एकदमै गलत कुरा हो ।

–  यो गलत मात्र होइन, अवैधानिक र असभ्यता पनि हो ।

–  हामीलाई थाहा हुँदैन कि, उक्त व्यक्ति कस्तो परिस्थितीमा छन् । उसले के, किन गरिरहेका छन् ? हामी त केवल आफ्नो आनन्दको लागि उसको बारेमा मनगढन्ते कुरा गरेर रमाइरहेका हुन्छौं ।

–  यो शिष्टचार बिरुद्ध पनि हो ।

–  जसरी हामीलाई लाग्छ कि, आफ्नो निजी जीवनमाथि आफ्नो हक छ । त्यसैगरी अर्काको निजी जीवनबारे गलत चियोचर्चा गर्नु, गलत प्रचार गर्नु हाम्रो अधिकार होइन ।

–  हामी आफ्नो सीमा, कर्तव्य, मर्यादा भुल्छौं र अर्काको कुरा काट्छौं ।

–  यदि हाम्रो कुनैपनि कृत्यले अर्काको मान-सम्मान, स्वतन्त्रता, मर्यादामा ठेस पुर्‍याउँछ भने त्यो अपराध हो । पाप हो । अमानविय प्रवृत्ति हो ।

–  कसले कस्तो कपडा लगायो, को कति राती घर फर्कियो, कसको घरमा को आयो यी तमाम कुरामा कसैको चरित्र निर्माण गर्ने हक हामीसँग छैन ।

–  जब हामी संस्कारको कुरा गर्छौं, तब सबैभन्दा पहिला हामीले आफ्नो संस्कार के हो भन्ने थाहा पाउनुपर्छ । के हामीलाई हाम्रो संस्कारले अर्काको बारे गलत धारण बनाउन, गलत प्रचार गर्न अनुमति दिन्छ ?

कसरी सुधार्ने यो बानी ?

अर्काको कुरा काट्नु असभ्यपन हो । अज्ञानता हो ।
यसबाट अर्कालाई केही घाटा त हुने होइन, हामी आफ्नै लागि पनि फाइदाजक होइन । अर्काको कुरा काट्ने प्रवृत्तिले हाम्रो व्यक्तित्वलाई बामपुड्को बनाउँछ । यसले हाम्रो मन र मस्तिष्कलाई बिकारयुक्त बनाउँछ । अर्काको कुरा काट्दा हाम्रो समय नष्ट हुन्छ । त्यसैले यस किसिको प्रवृत्तिमा हामीले सुधार ल्याउनुपर्छ । हामीलाई के कुरामा हेक्का हुनुपर्छ भने, अर्काको कुरा काट्ने बानीले हामीलाई असभ्य बनाउँछ ।

–  सर्वप्रथम त यो कुरा बुझौं कि, अर्काको कुरा काट्ने प्रवृत्ति एक किसिमको मानसिक विकार हो । जब हामी मानसिक रुपमा स्वस्थ्य र सवल हुँदैनौ, अर्कालाई होच्याउने, अर्काको चियोचर्चा गर्न थाल्छौं ।

–  जति जति अर्काको कुरा काट्न थाल्छौं, त्यो हाम्रो बानी बन्छ । जब यस्तो बानी बन्छ, तब हामी आफ्नै जीवनबारे बेखबर बन्छौं ।
–  जसको कुरा काट्छौं, त्यही व्यक्तिको ठाउँमा आफुलाई राखेर सोचौं त ।

–  उसको वाध्यता, परिस्थिती आदिलाई सम्झने प्रयास गरौं ।
–  अर्काप्रति पनि त्यती नै संवेदनसिल बनौं, जति आफुप्रति बनिन्छ ।

–  आफ्नो हीनभावना वा ईष्यभन्दा माथि उठेर अरुलाई हेरौं ।

–  यो कुरा नभुलौ कि, हाम्रो बारेमा पनि मानिसले कुरा काट्न सक्छन् । अनलाइनखबरबाट

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान  याम्बु - नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश... बाँकी यता

tamang online / August 3, 2018

सुन तस्करी: फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले... बाँकी यता

tamang online / May 31, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Profile Nepal