हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

तामाङ र चेपाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक

हेटौँडा ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिएका छन् ।

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी भएका हुन् ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानअन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि-६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका-६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरिदिदिएका हुन् ।
मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कूल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरिदिएका छन् ।

विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको र प्रदेश ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताए ।
शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरि गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गरेका छन् ।

मुख्यमन्त्री पौडेलले मनहरिकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ । सांसद खतिवडाले पनि आफू अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वस समितिका प्रमुख रघुनाथ खुलालले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुशी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गरेका छन् | अनलाइनखबर बाट |

२०७५ वैशाख ५ गते






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution