हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

 बिदेशिएका चेलीको चरित्र हेर्ने नेपाली समाज – दिपिका भुसाल 

संसारको सृष्टिलाइ नजिक बाट नियाल्दा छुटिनु बिछोडिनु अथवा परदेशिनु एक किसिमको दुर्भाग्य हो । चाहे मुनालाई छाडेर परदेशिएका मदन हुन् अथवा आफ्नो परिवार संग टाढिएर परदेशिएकी कुनै महिला हुन उनिहरुको ब्याथा उस्तै हुन्छ । भलै परिस्थिति फरक होला तर मर्म यौटै हुन्छ ।

त्यसरी यौटै मर्म र उस्तै परिस्थिको कारण बिछोडिनु परेको अवस्थामा पनि समाजको महिला र पुरुषलाइ हेर्ने दृष्टिकोण किन समान बन्न सकेन ? यो कुराको सायदै कहिल्यै उत्तर को अपेक्षा गर्न सकिएला ।

ईजरायलमा दुइ तिन दिन देखि सामाजिक संजालका भित्ता हरुमा तातो बहसको बिषय बनेका छन केहि सम्बन्ध हरु । सम्बन्धका सुरुवातकर्ता हरुनै बहसका पनि सुरुवातकर्ता भएको देख्दा आफ्नै बिषयमा त्यस किसिमका बहसहरु गर्दा त्यो बहसले निम्त्याउने नकारात्मक पाटोको बारेमा बहसकर्ता आफै सजग हुन पर्दैन र ? आफ्नो र आफु संग सम्बन्धित हरुको आत्मसम्मानमा कुनै प्रभाव पर्छ कि पर्दैन या समाजले आफु र आफ्नो परिवारलाई समेत हेर्ने नजर फेरिन्छ कि फेरिदैन भन्नेकुरा बहसकर्ता हरुले सोच्नु पर्ने हैन र ?

ति तमाम बहसका बिषयमा बनेका कतिपय समाचार हरु पढ्दा झन् सिंगो समाजनै दोषी भएको अनुमान लगाउछ मान्छे । टोकरीको यौटा फल कुहियो भन्दैमा सिङ्गै टोकरी कुहिएको हुदैन । पोखरीको यौटा माछा मरेर गन्हाउदैमा सिंगो पोखरी दुषित हुदैन र त्यहि औंलामात्र काटिनु पर्छ जुन औंलामा रोग लागेको छ।

यौटा पोर्टलले ईजरायलमा भएका सन्तानब्बे प्रतिसत महिला घरबार बिग्रिएका हुन्छन र तिनीहरु चरित्रहिन हुन्छन भनेर समेत आरोप लगाएको पढें मैले । समाजको मानाशिकता कस्तो हो ? कुनै परिस्थिति बस पहिलो घरबार सपार्न नसक्नु चरित्रहीन हुनु हो त ? के घरबार महिलाको कारणले मात्र बिग्रिन्छ त ? के कुनै घर टुट्नुमा पुरुष जिम्मेवार हुदैनन् त ? यस्ता तमाम प्रश्नहरु उब्जिएका छन् जसको सायदै कसैसंग जवाफ होला ।

एकजना नारि आफ्नो आत्मसम्मान जोगाउन कुनै पुरुष बाट अलग हुन्छिन भने त्यहा महिला नै चरित्रहीन देख्छ समाज । प्रताडित भएर बाच्न नसकेर आफ्नो ज्यान जोगाउनको लागि कुनै महिलाले अलग हुने निर्णय गर्छिन भने त्यहा समेत नारीलाई चरित्रहीन नै देख्ने गरिन्छ । कुनै पुरुषले महिलालाइ मरणासन्न सुने गरि कुट्दा समेत केहि न केहि गल्ति थियो होला र त कुट्यो भनेर पिडित प्रति नकारात्मक सोच राख्दछ समाज । आखिर के त्यस्तो कारण छ जसको कारण पुरुषलाई कदापी गलत देख्दैन समाजले ?

ईजरायलमा देखिएका कतिपय सम्बन्ध हरुलाई सहि हो या सहि थियो भनेर त्यस्ता सम्बन्धको पक्षमा वकालत गर्न नसकिएला । सामाजिक रुपमा त्यस्ता सम्बन्ध हरु अपाच्य नै हुन र त्यस्ता सम्बन्ध हरु अस्विकृत हुनु पर्दछ तर के केहि व्यक्ति त्यस किसिमको अनैतिक सम्बन्धमा रहे भन्दैमा सिङ्गै ईजरायलमा रहेको महिला समुदायलाई अपमान गर्न पाइन्छ र ?

यहा त समाजले कसैको चरित्र मुल्यांकन गर्ने मापदण्ड नै तयार पारेको छ । कसैसंग हासेर बोल्नुस तपाइँ चरित्रहिन, कसैको गाडीमा चढ्नुस तपाइँ चरित्रहीन, तपाईलाई कसैको फोन आओस र तपाइँ खुशी भएर बोल्नुस तपाइँ चरित्रहिन यहा सम्म कि फेसबुकको कुनै स्टाटसमा कसैसंग साधारण ठट्टा गर्नुस तपाइँ चरित्रहीन, यस्ता दर्जनौं कारण छन् जसले तपाईलाई सजिलै चरित्रहीन को ट्याग भिराईदिन सक्छन ।

हो, यौटा कटु सत्य के हो भने ईजरायलमा कार्यरत कतिपय चेलीको घरबार टुटेको छ । यति नै प्रतिशत परिवार विखण्डित छन् भनेर यकिन गर्न सकिंदैन होला तर त्यो समस्या छ जसलाई हामी नकार्न सक्दैनौं । के त्यो पारिवारिक बिखण्डनमा केवल यहा हुनुभएका दिदीबहिनी हरु मात्र दोषी छन् त ?

हामी देखिरहेछौं एकसरो लगाउन र एकछाक पेटभरी खान नपाउने कतिपय ज्यान हरु केवल आफु जोगिनको लागि अथवा बाँच्नको लागि परदेशिएका छन् । प्रगति या कमाइको कुरा त धेरै पछाडी सुरु हुन्छ सबै भन्दा ठुलो कुरा त बाच्नु हो । के बाँच्नको लागि संघर्ष गरिरहेका प्राणि हरुको जिन्दगि पहिलो घर टुटे संगै सकिएको हुन्छ र ?

अर्को यौटा कटु यथार्थ के पनि हो भने ईजरायलमा कार्यरत धेरै महिला घरेलु हिंसा बाट गुज्रिएर या घरेलु हिंसा सहेर यहा सम्म आइपुग्नु भएको छ । कतिपय पारिवारिक बिखण्डनमा त्यो हिंसा नै मुख्य कारक तत्व भएको हामी सजिलै चाल पाउछौं तर हाम्रो समाज त्यो कुरा बुझ्न तयार छैन आखिर किन ?

समाजले त गर्दैन मुल्यांकन तर हामी यथार्थ बुझेका हरुले मुल्यांकन गर्ने पर्ने अर्को कुरा के पनि हो भने –जुनसुकै कारणले परिवार बाट बिछोडिनु परेको किन नहोस या जुनसुकै कारणले परिवार खण्डित भएको किन नहोस ईजरायलमा कार्यरत महिला हरुले अर्को नयाँ घरबार सुरु गर्ने बाध्यता नै आइपरेको भएपनि आफ्ना सन्तानको भविष्य सम्भालेका छन् । आफ्नो कमाई लाइ सन्तानको भविष्यको लागि खर्च गरेका छन् कसैले छोरा छोरी लाइ डाक्टर बनाएका छन् ईन्जिनियर बनाएकाछन या बिदेशमा सेटल गराएर उनीहरुको भविष्य सुरक्षित् पारेका छन् । त्यतिमात्र होइन पुरानो टुक्रिएको सम्बन्ध पुनः नजोडिएपनि त्यता तिरका आफन्त संग समेत राम्रो सम्बन्ध बनाएर राखेका छन् । यदि वास्तवमै कुनै महिला खराव भएकै कारणले उसको घरबार बिग्रिएको हुन्थ्यो भने कसरि नजिक हुन्थे ति आफन्त हरु ?

कतिपय दिदिबैनिका सासु ससुरा हरु अहिले सम्म बुहारीको सम्पर्कमा छन् र आफ्नो छोराले सम्बन्ध सम्हाल्न नसकेकोमा पश्चाताप गरिरहेछन अनि कतिपयका देवरानी जेठानी हरुले बिलौना गरिरहेछन । उनीहरुको सम्बन्ध केवल उनीहरुको लोग्ने संग टुटेको तर घर संग यथावत नै रहेको समेत देख्न सकिन्छ ।

रात दिन मेहनत गरेर खुन पसिना एक गरेर पैसा कमाएर आफ्नो सन्तानको भविष्यको लागि संघर्षरत यौटी आमालाई र रक्सि खाएर श्रीमान माथि हातपात गर्ने महिला लाइ यौटै तराजुमा तौलन्छ यो समाजले आखिर कसरि ?

अर्को सबैभन्दा ठुलो दुर्भाग्यको कुरा के पनि छ भने ईजरायलमा एकजना महिला अर्को महिलाको शुभचिन्तक कहिल्यै बन्न सकेनन । त्यसरी महिला हरुनै आफूजस्तै महिला प्रति सकारात्मक बन्न नसक्नु नै यहा कार्यरत महिला प्रति समाजले गलत मानाशिकता बनाउन मौका पाउने अर्को कारण हो ।

चाहे आफन्त संग नै किन नहोस कतै पार्कमा बसेर पारिवारिक दुख सुखका कुरा गरेको मात्र किन नहोस अथवा कुनै खुशीको मौकामा भेटघाट गरेको या खानपिन गरेको मात्र किन नहोस त्यो अवस्थालाई सबैभन्दा पहिले लान्छना लगाउन महिला हरुनै अगाडी सर्छन । त्यति मौका पाएपछि पुरुषवादी सोचले ग्रस्त अन्यलाई सुनौलो मौका हात पर्छ अनि लेख्दिन्छन –ईजरायलमा रहेका सन्तानब्बे प्रतिसत महिला घरबार बिग्रेका र अधिकांस महिला चरित्रहीन भनेर । यसको दोषी को त आखिर ?

अब यहानेर उठ्ने सबै भन्दा जटिल प्रश्न के भने –के कुनै मान्छेको कसै संग व्यक्तिगत सम्बन्ध नजिकिनु चरित्रहीन हुनु हो ? या त्यसरी बनेको सम्बन्ध लाइ सम्मान गर्न नसकेर या निभाउन नसकेर सामाजिक संजालमा छताछुल्ल पार्नु चरित्रहीन हुनु हो ? छुट्याउन गाह्रो छ ।

पन्चतत्वले बनेको शरीर हो, व्यक्ति पिच्छेका आफ्ना आवस्यकता हरु होलान आफ्ना आफ्ना रहर हरु होलान ति तहर हरु पुरा गर्ने बहानामा आफु खुशी हुनको लागि जे पनि गर्ने र अरुको अस्तित्व को ख्याल नै नगर्ने बानि पनि राम्रो होइन ।

कतिपय रहर हरु हुन्छन जो समय संगै पलाउछन । अभावमा भित्र भित्रै सुसुप्त रहेका रहर हरु आफ्नो कमाईको बढोत्तरी संगै अंकुराउदै आउनु गलत कसरि हुन्छ ? स्वतन्त्र भएर बाँच्नुका पनि आफ्नै परिधि हुदारहेछन । कसैको परिधि धेरै फराकिलो कसैको अलिकति साँघुरो र कसैको संकुचित हुनेरहेछ । स्वतन्त्रता पुर्वक जिउनु र चरित्रहीन हुनु यौटै कुरा होइन भनेर मुल्यांकन गर्ने हरुले बुझ्ने समय छिट्टै आइदिए घानमा पिसिन बाध्य पारिएका घुन हरुले राहत पाउथे होला ।

कसै संग रिलेशनमा रहनु जो सुकेको निजि मामला होला त्यस्ता निजि मामलालाई सार्वजानिक बनाएर छताछुल्ल पार्दा सिङ्गो महिला समुदायलाई समाजले त्यहि कशिमा घोटीरहेछ र त्यहि तराजुमा तौलिरहेछ । आफ्नो आत्मासम्मान जोगाएर बसेका हरुको लागि यो दुखको कुरा हो ।

दिपिका भुसाल
ईजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution