हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

प्लसटु पढ्ने केटी त बुक भैसकि !’

सडक गन्तव्य र बाटो दुबै हुनु जीवनको सबैभन्दा लाचार क्षणहरू हुन्। म तिनै क्षणहरूमा बाँचिरहेको थिएँ। झोला बोकेर निस्किए पनि मलाई सात समुन्द्रपारी गएर निरूदेश्य मृत्यु पर्खन मन भएन। एट्लान्टाको सेरोफेरो चहार्दा चहार्दै जीर्ण भएर थाकीसकेको शरीर र आत्मा दुबैले अनायास विश्रामको निर्णय लिई दिए।

दिनभरी सडकमा निरूदेश्य भौतारिएपछि बालाजु तिरको एउटा सस्तो लजमा साँझ झोला बिसाएँ। धमिलो र फोहोर झै लाग्ने कोठाको चिसो ओछ्यान्! सास फेर्नै अफ्ट्यारो पार्ने गरेर चारैतिर उभिएका साँघुरा र निर्जीव भित्ताहरू अनि उदास सिलिङ!

मलाई कता-कता आफू र आफू आईपुगेको कोठाको नियती उस्तै उस्तै लागेर आयो। झोला फ्याँकेर डङरङ्ग उत्तानो लडेपछि सिलिङ हेरेरे धेरैबेरसम्म जिन्दगीको बजारमा आफूलाई परेको नोक्सानीको हिसाबकिताब गरेर टोलाउन पुगेँ।

निकैबेर टोलाएर बिउँझिदा पनि १८ वर्षसम्म मलाई थाहै नदिई चिप्लेको समय आजको गरूङ्गो साँझ मेरो छातीमा थोपरेर चुपचाप र स्थितिप्रज्ञ भएर बसेको छ। मानौं भोलि उसलाई सूर्योदय भएर आउनु छैन।

‘मनै त हो सर! बद्लियो भने फोन गर्नुहोला।’

कालो बाक्लो र उसैगरी आकासै छेडुका जस्तो ठाडो कपाल भएको पूर्बेली हँसमुख ठिडोले हाँकेको ट्याक्सी चडेर सस्तो लज खोज्दै म गुडिरहेको थिएँ। लाज र संकोच एकरत्ती नमानी उसले हाँस्दै मलाई हेरेर भनेको थियो। ‘सर! माल छ एउटा। प्लस टु पढ्ने भर्जिन! जाने हो?’

पहिला म छ्क्क परेँ। भद्दा मजाकको शृङ्खला जस्तो मेरो जिन्दगीमा यो पनि एउटा मजाक नै थियो। कहाँ म आफ्ना जिन्दगीमा ठेलमठेल गर्दै आएका वियोगान्तक दृश्यहरु पन्छाउँदा पन्छाउँदै थाकेर विश्राम खोज्दै हिँडेको मान्छे, कहाँ उसले असान्दर्भिक, वाईयात र हठात उठान गरेको सस्तो भद्दा र कस्मेटिक मधुमासको अफर!

मैले यो मजाकलाई फिस्स हाँसेर चुपचाप टाल्ने प्रयास गरेको थिएँ। तर, त्यो पूर्बेली ठिटो चुप बसेन।

‘पाँच हजार मात्रै हो होल नाईटको सर। रूम केटीकै छ।’

‘राजा! मलाई यस्ता कुरामा शोख छैन।’

‘मनै त हो सर बद्लियो भने फोन गर्नुहोला।’

उसले होटल अगाडि मलाई छोड्दै आफ्नो कार्ड जबर्जस्ती थमाएको थियो। अहिले यो गरूङ्गो साँझ मेरो अगाडि लम्पसार परेर फैलिएको छ। यो साँझ छिचोलेर निदाउँने घडीसम्म पुँगौला भन्नेमा मलाई पटक्कै आत्मविश्वास छैन।

यसो झ्यालबाट चिहाएर हेरेँ मलाई छोडेर सारा संसार साथ लिएर समय एकनासले उसैगरी बगिरहेको छ। फेरि फर्किएर उही चिसो खाटमा बसेँ।

झल्यास्स त्यो पूर्बेली ठिटोको अफर हावाको एक लहर जस्तो मनमा तंरगहरू उठाउँदै बहेर गयो। तर, खै किन हो त्यसलाई मैले उडेर जान दिईन। तानेर पछाडि फर्काएँ लगत्तै भिजिटिङ कार्ड उठाएँ र फोन लगाएँ।

हाई हल्लो पछि उसलाई पुरानो अफरको सम्झना दिलाए। उसले उताबाट उस्तै निशंकोचसँग प्याच्चै भनी हाल्यो, ‘सर प्लस टु पढ्ने केटी त बुक भैसकी।’

‘कस्ले बुक गर्‍यो?’

‘म्यानपावरको पार्टीले’

‘अब के गर्छौ त?’

‘मसँग एउटा माल छ सर। बजारमा नँया आएको। एकदम फ्रेस…!’

साँझपखको अँध्यारो काठमाडौंको धुलाम्मे चक्रपथमा धमिला लाईटहरू बालेर एकनासले गुडेका अरू हजारौं मान्छेझैं म पनि त्यो हँसिलो पूर्बेली ठिटोसँग गुड्न सुरू गरेँ।

यसरी कुनै निश्चित उद्धेश्य र गन्तव्यका लागि गुड्न पाउँदा मलाई एक प्रकारले आनन्द भइरहेको थियो। मैले स्वयंको अस्तित्वबोध गरिरहेको थिएँ। निकैबेर गुडेपछि ट्याक्सी अँध्यारो खोच तिर दायाँ मोडियो।

गल्लीमा केहिबेर कुँदेर एउटा सानो चोकको बुढो बरको रूखमा ट्याक्सी पार्किङ गरि हामी बस्यौं। लगत्तै अचानकसँग ढोका खोलेर काठमाडौंको साँझको जाडो थेग्ने मजेत्रो घुम्लुङ ओडेकी एउटी औसत उचाई भएकी महिला भित्र पसिन् र मसँग एउटा सुरक्षित दुरी बनाएर बसिन्।

मैले उसलाई राम्रोसँग नियाल्न नपाउदै यी सबै अचानक र द्रूतसँग घटित भए। अनि ट्यक्सी पुन आएकै बाटो फिर्ता भएर हुइँकिन थाल्यो।

बाटोभरी मैले उसलाई नियाल्न खोजेँ तर, उसका गालाका केही अंश र नाकको टुप्पोबाहेक थप देखिनँ। मेरो परिकल्पनाले प्रीटी उमन जस्ती खिचेकी ऊ बडो सान्त र स्थिर थिई। मौन र सतर्क थिई। कुनै नव दुलहीझैं आफ्ना सम्पूर्ण रहस्यहरू समेटेर बसेकी थिई।

जब एउटा पुरानो घर अगाडि हामी रोकियौं ऊ चुपचाप अघि लागी। म त्यो हँसिलो ठिटोको कमिसन सहितको भाडा तिरेर लुरूलुरू पछि लागेँ।

धमिलो सुतिको सारी र रातो चोलो लगाएकी ३०/३२ वर्षकी औसत नेपाली महिला! एकोहोरो हेरिरहेका ठूला र बाटुला अनि अलि असन्तुष्ट आँखाहरु र हल्का हल्का काँपिरहेका पातला पातला ओठ! मध्यम लम्बाईको सामान्य कपाल। अनि बाँकी सम्पूर्ण औसत।

खासै आकर्षण गर्न सक्ने शेष उसमा केही बाँकि थिएन कि! अथवा मेरो सौन्दर्य चेतना नै निर्जीव भएको पनि हुनसक्छ। अथवा हेगका गल्लीहरूले मेरा रसायनका स्वभाविक र प्राकृतिक बहाबहरुलाई विकृत र अप्राकृतिक पनि बनाएको हुनसक्छ। जे पनि हुनसक्छ। तर, त्यसो हुनुका कारण जेसुकै होस आँखाले धेरैबेर गिजोल्दा सुन्दर भनेर टिप्पणी गर्नै पर्दा त्यसका बिद्रोहीझैं लाग्ने असन्तुष्ट एकजोडा आँखा नै हुन्।

आफू पसि सकेपछी ढोका बन्द गरेर चुकुल लगाएपछि एकसरो उसलाई राम्रोसँग नियालेर हेरिरहेको थिएँ र ऊ मेरै निम्ति प्रर्दशनीमा राखिएको कुनै बस्तु झै निशब्दसँग खाटमा बसिदिएकी थिई।

म नजिक गएर उसलाई छुन खोज्दै मात्रै थिए उसको निशब्दता थर्थराउँदै अचानक तोडियो अनि प्रर्दशनीको कुनै बस्तु जस्ती ऊ सजिव झै लाग्ने मान्छे जसरी बोली,-‘पहिला पैसा।’

म स्तब्ध भएँ! त्यसपछि लज्जित। हो त बास्तम्मा म प्रेमी होइन ग्राहक हो। यो सानो फोहोरी कोठा बजार हो! र ऊ बेच्दै छ आफूलाई। अनि म खाली रित्तो हातले ….

म आफ्नो अधर्यताप्रति लज्जित भएँ। मैले आफूलाई ग्राहक भनेर कुन पल बिर्सिए पत्तै भएन।

‘सरी’

त्यसपछि सहमति अनुसारको मूल्य मैले आफ्नो गोजिबाट निकालेर उसको हातमा राख्दिएँ। अब मैले उसको आजको बाँकी रहेको सिंगो रात किनेको थिए। उसले शरीरको स्वामित्व मलाई हस्तान्तरण गरेको कबुलनामा उसका कठोर आँखाहरुमा प्रश्ट देखियो।

ऊ सहज भई। ऊ छुँदा सहज रही। गिजोल्दा सहज भईदिई। जिज्ञाशु औंलाहरूको उपद्रोपसम्म उसले सहजै स्वीकार्दै थिई। तर, अचानक उसको फोनको घण्टीले ऊ फेरि असहज भई र म रोकिन बाध्य भएँ। उसको फोनको घण्टी लगातर बजिरहयो र उसका कठोर आँखाहरू त्रासले अलि बिचलित जस्ता देखिए।

ऊ फोन उठाउन बाथरूम भित्र पसि। उसले सानो स्वरमा हेलो भनेकी थिई तर उताबाट कुनै नाबालकको चर्को रोदन यहाँ मेरो कानसम्मै ठोकिन आइपुग्यो। तर, बाल रोदनको पृष्ठभूमिमा दुई महिलाहरू बिचको संवाद मैले बुझ्न सकिनँ। ऊ केही क्षणमा फर्केर आउँदा बिद्रोही जस्ता लाग्ने उसका असन्तुष्ट एकजोडा आँखाहरू विवश र रसिला देखिएका थिए।

‘के भयो?’ मैले जान्न चाँहे।

‘केही होइन,’ उसले भन्न चाहिन।

बजारको नियमले आजसम्म कसलाई यसै छोडेको छ। कुन मानवीय संवेदनाले छोएको छ बजारलाई। सौदाबाजहरूका ढुङ्गाका मनहरु बजारको नियम भित्र कैद हुनु सधैंझै आज पनि अनिवार्य छ। अनि फेरि बजार सुरू भयो। सुरु भयो हस्तान्तरण गरिएको स्वामित्वमाथिको उपभोक्ताको अधिकारको प्रयोग! तर घण्टी फेरि पनि बज्यो।

ऊ फोन उठाउन फेरि बाथरुम पसि। मसँग अफसोश गर्नुको बिकल्प थिएन। तर, यो पटक मैले अफसोश मात्रै गरिनँ जान्न चाहेँ उसको निजी जीवनको पर्दा पछाडि नियतिको कस्तो नाटक मञ्चन भईरहेको छ। वास्तवमा हामी सबै आज आवरणमा देखिए जस्तै कुनै क्यानभासको चित्र त होइनौं। पर्दा पछाडि आफ्ना आफ्ना इतिहास लुकाएर वर्तमानमा अरू नै केही हुनुको अभिनय गर्न अभिसप्त पनि त छौं। आज म किन्न अभिसप्त छु र उ बेच्न विवश छे।

मैले उसका पर्दा भित्रको शरीरको लालच त्यागेर उसका निजी जीवन भित्र चिहाएर हेर्ने गल्ती गरेँ। जसले घनघोर निन्द्रामा परेको अथवा निदाएको अभिनय गरिरहेका मेरा संबेदनालाई बिउँझिन बाध्य बनाईदिएको थियो।

‘घरबेटीले थाहा पाएछ! सबै सामान बाहिर फ्याक्देर कोठामा ताल्चा लगाएको छ। राति नै निस्केर जा भनेको छ जाडोले बाबु रोएर मर्न लागिसक्यो। ज्वरो पनि आएको छ। उल्टि पनि गर्दैछ। जसरी हुन्छ झट्टै आउनू। छोड्दिनु ग्राहक साहक!’

यसपटक बाल रोदन बन्द थियो। तर, उताबाट कुनै नारीस्वर घरबेटीले थाहा पाएर घर निकालामा परेको कुरा सुनाउँदै थिई। ऊ भने चुपचाप सुनिरहेकी थिई।

‘बाबुको निमोनियाको दबाई पनि भित्रै थुनियो। अहिले निस्लट ज्वरो आएर इन्तु न चिन्तु भएर सुतेको छ। छिटो गर हस्पिटल जानुपर्छ,’ उताबाट नारी स्वर निरन्तर उसका कानमा ठोक्किएर मेरा कानमा प्रतिध्वनी भएर गुन्जिरहे। तर, उसले केही जवाफ फर्काईन। पख एकछिनमा फोन गर्छु भनेर राखी दिई।

ऊ बाहिर निस्केर आउँदा कता कता मलाई उसको अनुहार मेरी आमाको जस्तै जस्तै लागेको थियो। उसका आँखामा आफ्नो सन्तानप्रतिको प्रेम, त्यही प्रेम थियो जुन मैले मेरी आमाको आँखामा पाउने गर्थेँ। उसले छोडेको निश्वासको सुस्केरो त्यही थियो जुन मेरी आमा र म पृथ्वीका दुई ध्रुबबाट फोनमा कुरा गर्दा घरी घरी आमाले छोड्नु हुन्थ्यो। ऊ विवश पदचापले जति नजिक आउँदै थिई म भित्रको आमाको प्यारो कान्छो छोरो उतीनै सजिब र जीवन्त हुँदै आफ्नी आमाको प्रतिछाँया नियाल्दै थियो।

‘यी यो पैसा,’ उसले पैसा फिर्ता दिँदै भनी।

‘के भयो?’ म अनविज्ञ नै रहन चाहेँ।

‘म जानुपर्ने भो,’ उसले आँखा झुकाएर भनी।

‘किन?’ मैले खोतल्न छोडिनँ।

‘घरमा पाहुना आएका छन्,’ उसले ढाँटी।

‘पैसा राख,’ मैले पैसा फिर्ता लिन सकिनँ।

‘तर……….!’

‘पछि कुनै दिन भेटौंला।’

उसका आँखामा कृतज्ञताको भाव झल्केको थियो। तर, मैले आफूलाई महान महसुस गर्न सकिनँ। मैले लगभग भताभुङ्ग बनाईसकेकी ऊ आफूलाई ठिकठाक गर्न थाली। कपाल समेटेर जुरो बनाई। भुईमा छरपस्ट भएका कपडा समेटेर लगाई अनि मजेत्रो ओडी। मलाई कता कता अपराधबोधले आत्माग्लानी भइरहेको थियो।

‘कसरी जान्छौ तिमी?’

ऊसँग जवाफ थिएन। सायद हतारमा सोचेकी पनि थिईन कि! काठमाडौंको कुनै दुर्गम यो गल्लीमा मध्यरात अब कुनै साधन पाउनु लगभग असम्भव नै भइसकेको थियो।

‘बाहिर केही पाउला नि!’ उसलाई आफ्नै आशाप्रती भरोसा थिएन।

‘म छोड्दिउ’, मैले प्रस्ताव राखेँ। उसले समर्थनमा टाउको हल्लाई।

पूर्बेली ठिटोले फोन बन्द गरेको थियो। उसले पनि एक/ दुई ठाउँ प्रयास गरि। तर, कोही उपलब्ध भएन। त्यसपछि हामी त्यो अध्यारो गल्लीहुँदै सडकमा निस्कियौं। धेरैबेर भौतारिएपछि बल्ल एउटा ट्याक्सी भेटियो। ट्याक्सी लिएर उसको कोठा पुग्दा दृश्य दारूणिक थियो।

सुत्ने ओछ्यानदेखि भाँडाकुँडा सबै बाहिर फ्याकिदिएर कोठामा ताल्चा लगाएको रहेछ घरबेटीले। कारण थियो-उसले शरीर बेचेर त्यही आफ्नो र छोराको शरीर धान्नु।

ज्वरोले शिथिल भएको उसको छोरो अर्की एउटी नारीले काखमा लिएकी थिई। छिप्पिदै गरेको रातको जाडोमा, अन्धकार छिँडीमा बेघरबार उनीहरु अनिश्चयको डरलाग्दो भूमरीमा छट्पटी रहेका थिए। छोरो आमालाई जिम्मा लगाएर, म रूपाकैमा सुत्छु तिमी छोरा लिएर अघिकै कोठामा जाउ भनेर उसको छोरो जिम्मा लिएकी साथी हतारमा बाटो लागि।

सायद उनीहरूले ग्राहकका निम्ति मात्रै लिएको भर्खर हामी फर्किएको कोठाको कुरा गर्दै थिई उसले।

त्यो रात उसको छोरालाई फार्मेसीमा जचाँएर निमोनियाको दबाई लिएपछि दुबै आमाछोरालाई गेष्ट हाउसमा लिएर आएँ। श्रीमती र छोरा भनेर गेष्टहाउसको खातामा ढाँटेर नाम लेखाएँ।

मध्यरातमा उहीँ चिसो फोहोर र साँघुरो कोठामा आईपुग्दा मलाई चै कता कता सुखद अनुभव भइरहेको थियो। एउटा खाटमा एउटै सिरक ओडेर बिचमा सानो बालकलाई सुताएर सुतिरहँदा नोस्टाल्जिक भएको अनुभूती गर्दै थिएँ।

एक रातको क्षणिक र भ्रामक त्यो अनाम सम्बन्धले मलाई धेरैपछि पारीवारिक हुनुको सुखद् अनुभूति गराएको थियो। त्यो नाबालकको टाउको छामे ज्वरो अलि घटेर निदाउन सक्ने भएछ। आमा चै पनि भर्खरै निदाएकी थिई।

अचानक र अनायासै भइरहेको सुखद अनुभूतिले हल्का भएको मेरो मन मस्तिष्कलाई बिस्तारै निन्द्राले छोप्दै लगेको थियो।

-सन्तोष चिमरिया 

बेलबारी -२ मोरङ

हाल युएई ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution