हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

काठमाडौं– आज त रुनु भएन नि ? अभिनेत्री पूर्णिमा लामालाई एक पत्रकारले प्रश्न राखिहाले । ‘म रुन्चे कहाँ हो र ?’ पूर्णिमाले भनिन्– ‘त्यो दिन त निर्माणको दुःख सम्झिएर रोएकी थिएँ ।’

आइतबार बानेश्वरको एक रेस्टुरेन्टमा निर्माण अभिनय सुनाउँदै पूर्णिमाले भनिन् । उनीसँगै उपस्थित थिए चलचित्रका अन्य दुई मुख्य कलाकारहरू करिश्मा मानन्धर र जयकिसन बस्नेत, जो उनको भनाइमा सहमती जनाइरहेका थिए । केही अगाडि राखिएको चलचित्र ‘हिरोज’को एक कार्यक्रममा पूर्णिमा सबैमाझ रोएकी थिइन् ।

‘अभिनय जस्तो सजिलो निर्माण रहनेछ । अभिनयमा आफूलाई क्यारेक्टरमा राम्रोसँग भिजाए मात्र पुग्छ’– उनले भनिन्– ‘निर्माणमा सबैलाई सन्तुष्ट बनाउनुपर्ने । कहीले के मिल्दैन, कहिले के पुग्दैन ।’ ‘रेलिमाई’, ‘बबी’ र ‘नेप्टे’ समेत अभिनय गरेकी उनको रिलिजमा आउन लागेको ‘हिरोज’ दोस्रो चलचित्र हो ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्यायविरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइएको ‘हिरोज’ मार्फत करिश्मा लामो समयपछि अभिनयमा देखिँदै छिन् । ‘वान वे’पछि उनको चलचित्र आएका छैनन् । केही समय चलचित्र नखेल्ने भनेर पर रहेकी करिश्माले किन गरिन् हिरोज ? भनिन्– ‘चलचित्रको कथा मन पर्यो । त्यसमा पुराना फाइट डाइरेक्टर एनबी महर्जनले अभिनयका लागि गरेको अनुरोधमा नाई भन्न सकिनँ ।’ हिरोजमा आफ्नो अहिलेसम्मकै फरक भूमिका रहेको बताएकी करिश्माले दुई महिना लगाइएको छायाङ्कनको दुःखसमेत सम्झिइन् ।


करिश्मा र पूर्णिमाको अलवा जयकिसन बस्नेत, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारको समेत चलचित्रमा अभिनय रहेको छ ।

अघिपछि अरू कलाकारले भनेझैं जयकिसन बस्नेतले पनि ‘हिरोज’मा आफ्नो युनिक रोल भएको दाबी गरे । यसमा उनको लिड रोल नै छ रे । आफूले चलचित्रमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिने उनले दाबी गरे ।

एनबी महर्जनको निर्देशनमा बनेको चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रका निर्माता युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् ।

चलचित्रप्रति आफू निकै आशावादी रहेको पूर्णिमाले बताइन् । भनिन्– ‘चलचित्रले धेरै कमाउला भन्ने आस छैन । लगानी सुरक्षित मात्र भए पुग्छ ।’

‘हिरोज’मा पूर्णिमा सुरुमा कलाकारका रूपमा मात्र प्रवेश गरेकी थिइन् । तर, बीचमा निर्माता विदेशिएपछि छायाङ्कन रोकिन पुग्यो । आफूले खेलेको चलचित्र किन अलपत्र पार्ने भनेर उनले नै लगानी गरिन् । बाँकी काम सिध्याउने योजनासहित निर्माताको कमान्ड सम्हालेकी उनले चलचित्र हलसम्म ल्याउन अनेक दुःख उठाउनु परेको छ ।

पूर्णिमाको लगनशीलता देखेर प्रभावित भएकी छिन् करिश्मा । चलचित्रमा पूर्णिमाले धेरै कलाकारलाई ब्रेक दिएको बताएकी करिश्माले पूर्णिमा जस्तो निर्माता अरू पनि भित्रिनुपर्ने धारण राखिन् ।

निर्माण युनिटका केहीले राम्रो सघाए पनि केही सदस्यले राम्रो साथ नदिएको पूर्णिमाले गुनासो गरिन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution