हेडलाईन

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक         ब्लफ कल गर्नेलाई २ वर्ष कैद         संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव         मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर         गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान         गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?         डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो         तामाङ जातिको घेवा संस्कार         आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा         कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ         पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन         विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने         अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न         कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने         तामाङकाे शव हनुमन्ते खोलामा फेला        

लाखौ रुपियाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ

२८ माघ, वीरगञ्ज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् ।

राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौलका रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद, दुई बोरा कागजपत्रहरु, मोबाईल ६ थान बरामद गरेको छ ।

त्यस्तै विभिन्न व्यक्तिले दिएको २० लाख जतिको चेक समेत बरामद भएको छ । पक्राउ परेका मध्ये राजेश हुण्डी कारोबार हुँदै आएको घरका धनी हुन् भने बिनित कर्मचारी र मनोज मनी एक्सचेन्जका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली सेवाग्रहीका रुपमा पुगेको मुम्बईको गंगाराम अस्पतालमा भर्ना भएको विरामीलाई रकम पठाउनुछ भन्दै हुण्डी काररोबारीसम्म पुगेको थियो ।

वीरगञ्जको लिंक रोडमा रहको दक्षिणकाली अटोपार्टसको आडमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा छापा मारेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए । ‘उनीहरुले हुण्डीको कारोबार गरिरहेको जानकारी हामीले पायौं’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘हुण्डी कारोबारका लागि प्रयोग भएका सबै कागजपत्र र नगदसहित नियन्त्रणमा लिन सफल भयौं ।’

हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भएको भन्दै प्रहरी उपरीक्षक रेग्मीले उनीहरुको खोजी गरिरहेको समाचार  अनलाइनखबरमा छ |

उनीहरुले अमेरिका, सिंगापुर, मलेसिया, हङ्कङ तथा युरोपियन मुलुकहरुमा समेत हुण्डी मार्फत रकम पठाउँदै आएको काजपत्र फेला परेको प्रहरीको दाबी छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान  याम्बु - नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश... बाँकी यता

tamang online / August 3, 2018

सुन तस्करी: फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले... बाँकी यता

tamang online / May 31, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Profile Nepal