हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

सोनाम ल्होछारको तिथि विवादले आज टुँडिखेलमा कार्यक्रम नहुने

काठमाडौं ४ माघ । यो वर्षको सोनाम ल्होछारको तिथि विवादले तामाङ समुदायमा राष्ट्रिय चाडप्रति अन्योल छाएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङले (२०७४ साल) माघ ४ मा र नेपाल तामाङ घेदुङले फागुन ४ गते हुने फरकफरक तिथि घोषणा गरेपछि अन्योल भएको हो ।

दुई संस्थाबीच विवाद बढेपछि बिहीबार राजधानीको  टुँडिखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भनिएको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’हुन नसक्ने भएको छ। टुँडिखेल नेपाली सेनाको मातहतमा रहेको छ। राष्ट्रिय तामाङ घेदुङअन्तर्गत बनेको ल्होछार आयोजक समितिले माघ ४ गतेका निम्ति स्थान उपलब्ध गराउन माग गरेको थियो।

त्यसैगरी, नेपाल सांस्कृतिक कला केन्द्रले पनि त्यसै दिन टुँडिखेलमै कार्यक्रम आयोजना गर्न माग गरेपछि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउन नसक्ने सैनिक स्रोतले जनाएको छ। टुँडिखेलमा ठाउँ उपलब्ध नहुने भएपछि प्रदर्शनी मार्गमा मनाउने नेपाल राष्ट्रिय तामाङ घेदुङका कार्यवाहक महासचिव प्रवीणकुमार बलले  बताए।

नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ। तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले प्रत्येक वर्ष ल्हो परम्परामा रहेर मन्जुश्री तत्त्व ज्योतिष पात्रोअनुसार पहिलो महिना (ख्रे ला छेपागी) अर्थात् वर्षको पहिलो दिन १ गते मान्ने र त्यो तिथि यस पटक विक्रम संवतको फागुन ४ गते परेकाले भ्रममा नपर्न गत पुसमै पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए। ‘तामाङले मान्ने संवतअनुसार यो वर्ष खि–ल्हो फागुन ४ गते मनाउने तयारीमा रहेकाले माघ ४ गते भनेर नझुक्किन अनुरोध गर्दछु,’ विक्रम संवतको क्यालेन्डरमा माघ ४ गते सोनाम ल्होछार उल्लेख भएकाले बिदा सच्याउन सरकारसँग माग गरेको समेत अध्यक्ष गोलेले जनाएका छन्। घेदुङले बिदा सार्न माग गरे पनि सरकारले माघ ४ गतेलाई नै सार्वजनिक बिदा कायम गरेको छ।

तामाङ घेदुङले ०७२ सालदेखि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) अनुसार ल्होछार मनाउँदै आएको छ। उक्त पात्रोअनुसार चन्द्रमास ख्रे–ला छेपागी यो वर्ष फागुन ४ गते परेको घेदुङका अध्यक्ष गोलेले स्पष्ट पारेका छन्।

विगतदेखि नै घेदुङको आयोजनामा हुने ल्होछारलाई विश्वभरिका तामाङ जातिले आधिकारिक मान्दै आएका छन्। सोनाम ल्होछार पर्वबारे तामाङ समुदायभित्र ०५१ सालदेखि विवाद जारी छ। तामाङ समुदायमा तिथिमिति मात्र नभई ग्याल्बो र सोनाम ल्होछार कुनलाई मान्ने भन्नेमा समेत विवादमा रहेको जनाइएको कान्तिपुरमा खबर छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution