हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

शेर्पा संघ इजरायलद्वारा ४८ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

तेलअविव – शेर्पा संघ इजरायलले यहि ११ अगष्ट २०१७ (शुक्रबार)तेलअविवमा पत्रकार सम्मेलन तथा लाइभ कार्यक्रम सम्पन्न गरेको छ | उक्त कार्यक्रममा छात्रवृत्ति प्रदान, बिश्व शेर्पा सम्मेलनकाे लागि सहयोग र शेर्पा संघले खरिद गर्न लागिएको भवनकाे लागि सहयोगकाे लागि अपिल समेत गरेको छ |

शेर्पा संघ इजरायलद्वारा ४८ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदै, साथै बिश्व शेर्पा संघकाे सम्मेलनकाे लागि र नेपाल शेर्पा संघकाे भवन खरिदकाे लागि सहयोगकाे अपिल ।

शिक्षा मानव जीवनमा नभई नहुने एक महत्त्वपूर्ण पक्ष हाे।जसले मानव जीवनलाई सरल र सहज बनाउनका साथै बाैदिक क्षमतालाई बृद्दि गरि समाज र राष्ट्र परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेल्दछ।तर नेपालका अति नै बिकड, दुर्गम र भुकम्पबाट प्रभावित जिल्लाहरुमा गरिब, अार्थिक अबस्था कम्जोर भएर कति बालबालिकाहरु शिक्षाको उज्यालो ज्याेतिबाट बन्चित भइरहेका छन् । त्यसैले शेर्पा संघ इजरायलले बिगतका दिनहरुमा गरिब, असाह्य, अापङ्ग, बिरामी , र विभिन्न पीडितहरुलाई सहयोग गर्दै अाइरहे पनि यस पटक उक्त कार्यलाई पनि निरन्तरता दिदै दुर्गम तथा बिकड ठाउँका बालबालिकाहरुकाे शिक्षा क्षेत्रमा केही टेवा पुगाेस् र प्रेरणा मिलाेस् भन्ने उद्देश्यले नेपालकाे बिकड तथा दुर्गम जिल्ला ताप्लेजुङ , रामेछाप , दाेलखा, सिन्धुपाल्चोक , साेलुखुम्बु र दार्जिलिङ गरि जम्मा ६ ठाउँमा संघको तर्फबाट एउटा जिल्लामा ६ जना बिद्यार्थीहरुलाई प्राथमिक बिद्यालय तहमा प्रतिब्यक्ति रु .५ हजारका दरले छात्रवृत्ति प्रदान गर्न लागिएको छ। ६ जना बिद्यार्थीहरुमा १ जना अति नै राम्रो पढ्ने बिद्यार्थी ताकि यसले बिद्यार्थीहरुमा राम्रो पढ्नुपर्ने रहेछ भन्ने सकरात्मक सन्देश जाअाेस भन्ने उद्देश्यले र ५ जना गरिब, जेहेन्दार , अार्थिक अबस्था कम्जोर , दलित ,पिछडिएका वर्गका बालबालिकाहरुलाई प्रदान गर्न लागिएको हाे। र यसरी संघकाे तर्फबाट छ ठाउँमा छ जनाकाे दरले ३६ जना र सल्लाहकार श्री छिरिङ लामा शेर्पाले ब्यक्तिगत रुपमा संघकाे तर्फबाट ६ जना , अध्यक्ष श्री अाङछिरी शेर्पाले पनि ५ जना र सल्लाहकार श्री तेन्जिङ शेर्पाले कक्षा १० सम्मकाे लागि निरन्तर २ जना गरि जम्मा ४८ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ। जम्मा ५ हजारका दरले छात्रवृत्ति प्राप्त गर्ने ४७ जना र निरन्तर १० कक्षा सम्मकाे २ जनामा ४७ जनाबाट १ जना र थप अर्काे १ जना बिद्यार्थी गरेर जम्मा ४८ जना भएको छ। संघकाे तर्फबाट कार्यसमितिले ताेकिएकाे ठाउँबाट समान रुपमा छात्रवृत्ति प्रदान गरिनेछ भने ब्यक्तिगत रुपमा संघकाे नामबाट सहयोग तथा छात्रवृत्ति प्रदान गर्ने ब्यक्तिले कुन ठाउँमा दिने भन्ने कुरा उक्त ब्यक्ति कै इच्छा अनुसार दिन सकिने निर्णय भएको जनाउनु भएकाे थियाे। र यसरी सहयोग गर्नुहुने समाजसेवी तथा सहयोगी मनका धनी सल्लाह छिरिङ लामा शेर्पा र तेन्जिङ शेर्पालाई अध्यक्ष अाङछिरी शेर्पा धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभएको छ।यस छात्रवृत्तिको लागि कार्यसमितिमा नै रहेका सम्बन्धित ठाउँ कै जिम्मेवार पदाधिकारीहरुलाई यहि अगष्ट ११ तारिख तेलभिभमा उक्त रकम हस्तान्तरण गरिसकेको छ। र अब नेपालका सम्बन्धित ठाउँहरुमा चाँडोभन्दा चाँडो बितरण गरिदिनु हुन पनि निर्देशन दिइसकेको जनाउनु भएको छ।

साथै पत्रकार सम्मेलन तथा लाइभ कार्यक्रममा बिश्व शेर्पा संघकाे सम्मेलन अागामी अक्टोबर ८,९ मा हुने भएकोले सम्पूर्ण बिश्वमा छरिएर रहनु भएका शेर्पा दाजुभाइ तथा दिदिबहिनीहरुलाई सम्मेलनमा उपस्थित भईदिनु हुन् र अध्यक्ष अाङछिरी शेर्पा र सल्लाहकार तेन्जिङ शेर्पाले कार्यक्रम सफलताको लागि शुभकामना पनि दिनुभएको छ।र सम्मेलनमा इजरायलबाट पनि सक्दाे उपस्थिति गराउन पहल गर्ने र सम्मेलनलाई सफल बनाउनकाे लागि अार्थिक पक्षकाे पनि ठुलाे भुमिका रहने भएको हुनाले बिश्व शेर्पा संघका अार्थिक संयाेजक ज्युले सहयोग गरिदिनु हुन् सम्पूर्ण प्रवासमा रहेका किदुग तथा संघहरुलाई अपिल गर्नुभएको हुनाले इजरायलमा रहनु भएका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदिबहिनीहरुलाई पनि सहयोग गरिदिनु हुन् अनुरोध गर्नु भएको छ।

साथै नेपाल शेर्पा संघकाे अाजसम्म अाफ्नै भवन नभएको हुनाले बिगत लामाे समय देखि विभिन्न ठाउँहरुमा भाडामा बस्दै अाइरहेकाे र विभिन्न समस्याहरु झेल्दै अाइरहेकाे हुनाले बर्तमान कार्यसमितिले शेर्पा समुदायको लागि एउटा अाफ्नै भवनकाे अावस्यकता छ भनेर याेजना अगाडि बढाइ अहिले भवन समेत हेरि खरिद गर्न लागिएको छ।र उक्त भवन खरिदकाे लागि ठुलाे रकमकाे अाबश्यकता पर्ने भएको हुनाले याे महत्त्वपूर्ण कार्यमा सहयोग गरिदिनु हुन् पनि सहयोगी हातहरु र काेमल मनहरुलाई अनुरोध गर्नुभएको छ। याे भवन कुनै पनि ब्यक्तिकाे ब्यक्तिगत स्वार्थकाे लागि नभई दीर्घकालीन रुपमा शेर्पा समुदायको हितकाे लागि भएको हुनाले इजरायलमा रहनु भएका सम्पूर्ण शेर्पाहरुले समुदायको हितमा काम गर्न अाफ्नाे पनि दायित्व र कर्तव्य हुन जाने जिम्मेवारी सम्झेर एक दुई पटककाे खाजा खाने रकम भए पनि बचाएर सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुले अनिवार्य १०० सेकेल भन्दा माथि अाफ्नाे इच्छाले जति पनि दिल खाेलेर सहयोग गरि दिनु हुन् अनुरोध गर्नुभएको छ। यस भवन खरिद गरिसके पछि हामीले शेर्पा संघको केन्द्रीय कार्यलय , शेर्पा बिद्यार्थी संघकाे कार्यलय , महिला शेर्पा समुहको कार्यलय ,हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकाे कार्यलयहरु सबै एकै ठाउँमा राख्न सकिनेछ ताकि सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदिबहिनीले चाहेकाे र अावश्यकता परेकाे खण्डमा सबै कार्यलयहरु एकै ठाउँमा सहज रुपमा भेट्नुहुनेछ।र सिपमुलक तालिम, गाेष्ठी र अन्य कार्यक्रमहरु पनि गर्न सकिने नेपाल शेर्पा संघका अध्यक्ष ज्युले जनाउनु भएको कुराकाे पनि जानकारी दिनुभएको थियाे ।त्यसैले शेर्पा समुदायको हितकाे लागि हुने कार्यमा साथ र सहयोग गर्नुपर्ने जिम्मेवारी मेराे पनि हाे भनि सहयोग गरिदिनुहुन् हार्दिक अनुरोध शेर्पा संघ इजरायलले गर्नुभएको छ।र बिश्व शेर्पा संघकाे सम्मेलन र भवन खरिदकाे लागि छुट्टाछुट्टै सहयोग रकम संकलन गर्न एकै समयमा गाह्रो भएको हुनाले एकमुष्ट रुपमा संकलन गर्ने र अाबश्यकतालाई मध्येनजर गरेर पारदर्शी ढङ्गले सहयोग हस्तान्तरण गर्ने पनि अध्यक्ष ज्युले जनाउनु भएको छ।भवनकाे लागि सहयोग गर्नुहुने सहयोगीहरुलाई उचित समान साथै यी यस्ता ब्यबस्थाहरु पनि रहेकाे छ।

समाज तथा समुदाय र राष्ट्र निर्माण तपाई हाम्रो पनि कर्तव्य र जिम्मेवारी हाे।

-शेर्पा संघ इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution