हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जिग्रीसँग प्रेम सम्भव छैन : रक्षा श्रेष्ठ

नामले भन्दा पनि कामले जिग्रीको प्रेमिकाको रुपमा चिनिन्छिन् उनी । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित हास्य शृङ्खला ‘भद्रगोल’मा जिग्री नामका एक पात्र छन् । उनकै प्रेमीका बनेकी छन् उनी ।

उनी अर्थात् रक्षा श्रेष्ठ । शृङ्खलामा पनि उनको नाम रक्षा नै राखिएको छ । ग्रामीण भेगकी एक युवतीको भूमिकामा उनी देखिँदै आएकी छिन् चाबहिलकी रैथाने रक्षाले थुप्रै विज्ञापनको अभिनयपछि हाँस्य शृङ्खलामा देखिएकी हुन् ।

थुप्रै विज्ञापन चलचित्र अभिनय गर्दा पनि खासै चिनिन नसकेकी उनी ‘भद्रगोल’मा निर्वाह गरेको भूमिकाबाट भने रातारात सेलिबे्रटी बनिन् । शृङ्खलामा उनी जिग्री अर्थात् कुमार कट्टेलको प्रेमिकाको भूमिकामा देखिने गरेकी छन् ।

वास्तविक जीवनमा भने अहिलेसम्म प्रेमको अनुभव नभएको उनी बताउँछिन् । जिग्रीसँगको प्रेम पर्दाभित्रको मात्र बताउने उनी पर्दा बाहिर उनीसँग प्रेम असम्भव रहेको बताउँछिन् । केही म्युजिक भिडियो समेत अभिनय गरेकी रक्षासँग दश प्रश्न :
सौन्दर्यप्रति कतिको सचेत हुनुहुन्छ ?
सचेत नै छु तर मेकअपका लागि भने धेरै समय लाग्दैन । बाहिर कतै जानुपर्दा आधा घन्टाभित्र मेकअप सक्ने गरेकी छु । सुटिङको समयमा मात्र हो, अलि बढी समय लाग्ने । अन्य समयमा म धेरै मेकअप गर्दिनँ, गर्न पनि मन पर्दैन ।

जिम जानु हुन्छ ?
बिहान हल्का दौडनेबाहेक अन्य केही गर्दिनँ । मेरो शरीरलाई फिटनेस आवश्यक पर्छ जस्तो लाग्दैन ।

फेसनमा कतिको रुची छ ?
मेरो धेरै रुची भनेकै फेसनमा हो । तर, धेरै जिन्स पाइन्ट नै लगाउँछु । सुटिङमा कुर्तासुरुवाल र पार्टीमा साडी लगाउन मनपर्छ ।

मनपर्ने खानेकुरा नि ?
मलाई सबैभन्दा धेरै चाउचाउ खान मनपर्छ । मेरो मनपर्ने खानेकुरा भनेकै चाउचाउ हो ।

कतिको रिसाउनु हुन्छ ?
धेरै रिसाउने केटीमध्ये म पनि एक हुँ । आफूले भनेको कुरा भएन भने स–सानो कुरामा पनि रिस उठ्छ ।

वास्तविक जीवनमै जिग्री प्रेमी भएको भए ?
अहिलेसम्म प्रेम कसैसँग परेको छैन । प्रस्ताव त कक्षा आठमा पढ्दादेखि नै आउन थालेको हो । अभिनयका प्रेमी भनेका जिग्री हुन् । वास्तविक जीवनमा जिग्री अर्थात कुमार कट्टेलसँग प्रेम सम्भव छैन । हुँदै हँुदैन ।

पैसा बोक्न बिर्सिएर अप्ठ्यारो परेको अनुभव छ ?
बाहिर हिँड्दा प्रायः मेरो पर्समा तीन चार हजार टुट्दैन । एक पटक एरपोर्ट जाँदा पैसा बोक्न बिर्सिएछु । सो समय पार्किङमा दिने पैसा नहुँदा धेरै अप्ठ्यारो महसुस भयो । बल्लबल्ल अनुरोध गरेर मिलाए ।

कस्तो पुरुष मनपर्छ ?
हाइट भएको, आर्यन सिग्देलजस्तो लुकको केटा राम्रो लाग्छ । त्यस्तै हो मेरो रोजाइको पुरुष ।

घुम्न कतिको मनपर्छ ?
घुम्न मनपर्दैन । जाँदै जाँदिन । सुटिङबाहेकका समय घरमै बस्न मनपर्छ । किनभने कामको सिलसिलामा घुमि नै रहेको हुन्छु ।

काठमाडौँको मन नपर्ने पक्ष नि ?
सबैभन्दा मन नपर्ने पक्ष भनेको धुलो र धुवा हो । त्यसपछिको बोरिङ लाग्ने ट्राफिक जाम हो । यी कुरा राजधानीको तत्कालै सुधार्नुपर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution