हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

दुवै हात गुमाएका टिका बोम्जन तामाङ भन्छन् – मृत्यु रोकेर संगीत रोजेँ

%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%be

टिका बोम्जन तामाङ नेपाली सेनाका लेस नायक हुन् अहिले पनि । सर्लाहीको राजघाटमा जन्मेका टिकाको २०५९ मंसीर १३ गते जीवनको कहालीलाग्दो दिन हो । माओवादी जनयुद्ध उत्कर्षमा रहेको त्यसबेला उनी नगरकोटको रिपिटर टावरको सुरक्षार्थ त्यहाँ खटिएका थिए । श्री नयाँ गोरख गणका सिपाही टिका लगायत अन्य सिपाहीहरु त्यसदिन हाई अलर्ट थिए । १३ गते राती रोहिणी भञ्ज्याङबाट माओवादीले एकतर्फि रुपमा फायरिङ शुरु गर्याे । टिकाले भने, ‘हामीले पनि जवाफी फायरिङ गर्यौं ।’ त्यो रातभरि उनीहरुले एकअर्कालाई निशाना बनाइराखे । भोलिपल्ट विहान युद्ध स्थगित भयो र केही सेन्ट्रीहरुलाई छोडेर उनीहरु आराम गर्न गए ।

केही क्षण आराम गरेर १४ गते विहान ९ वजे टिका लगायत सिपाहीहरु रातीको आक्रमणबाट विग्रिएको संरचना निर्माणमा जुटे । त्यसैबेला रातभरिको थकाइ र अनिदो रहेका टिका बम्जन एक्कासी चिप्लन पुगे र उनले केही समाएर अडिन खोज्दा हाइ भोल्टेजको करेन्टको तारमा समात्न पुगे । ‘त्यसपछि म बेहोस भएँ, मलाई केही थाह भएन’, टिकाले भने, ‘होस खुल्दा बीरेन्द्र सैनिक अस्पतालमा रहेछु । उपचारको क्रममा उनको होस् खुल्दा देब्रे हात काटिएको थियो ।’

दाहिने हात पनि काटियो

पछि होस खुल्दा मेरो दाहिने हात मात्र बाँकी थियो । टिकाले भने डाक्टरहरुले दाहिने हातको औंला चलाउन लगाउँदा मैले चलाउन सकिन । उनका अनुसार दाहिने हातको माथिल्लो भागसम्मै संक्रमण भएकोले १९ गते उनको दाहिने हात पनि काटियो । उनले भने मैले आफैंले हेर्दाहेर्दै दुईवटै हात गुमाएँ । मैले शतप्रतिशत आत्महत्याको बाटो रोजें त्यसपछि । हात काटिंदा उनी मात्र २१ वर्षका थिए । भन्छन् , ‘२१ वर्षको उमेरमा दुवै हात काटिंदा कस्लाई बाच्न मन हुन्छ र ?’ अस्पतालमै रहँदा उनले पटक-पटक हाम फालेर आत्महत्या गर्ने प्रयास गरेको बताए ।

जागिरको ४ वर्ष अवधी मात्र पुगेका उनले मर्नको लागि विभिन्न उपाय रोजे तर उनीसँग एउटा मात्र विकल्प थियो हाम फाल्ने । उनी भन्छन्, ‘ विष खाउँ, मलाई कस्ले विष खुवाउँछ ? पासो लगाउन पनि सक्दिन । त्यसैले ३/४ तलाबाट हाम फाल्छु भन्ने मात्र दिमागमा आउँथ्यो ।’ उनले थपे, ‘अस्पतालबाट निस्कन पाए मर्थें भन्ने लाग्थ्यो ।’

दोस्रो जन्म

जीवन मरणको दोसाँधमा रहेका टिका वम्जनले यसै क्रममा ‘मेरो कथा मेरो गीत’ भन्ने रेडियो कार्यक्रममा आफ्नो कथा व्यथा सार्वजनिक गरे । उनले आफ्ना साथीलाई कथा सुनाए र उनले लेखिदिए टिकाको मार्मिक कथा । हुन त अहिले उनी मुखले नै कलम च्यापेर लेख्न सक्छन् । टिकाले सुनाए, त्यो कथा सार्वजनिक भएपछि उनलाई हौसला र प्रेरणाको ओहिरो नै लाग्यो र उनी बाँचेर केही गर्ने उत्साहका साथ कर्ममा होमिए । उनले नेपाल आर्मीका अफिसरहरुसँग आफू संगीतको क्षेत्रमा लाग्ने बताए र स्विकृति पनि पाए । संगै शुभेच्छा पनि ।

उनले भेटेका सबै अपाङ्गहरु उनका प्रेरणाका श्रोत हुन् । उनमा रहेको गायनको सोखलाई यही दुर्घटनाले फक्रने मौका दियो । उनकी जीवनसंगीनी सृष्टी तामाङ उनको लागि सबैभन्दा अग्रणी प्रेरणा हुन् भने झमक कुमारी घिमिरेबाट पनि उनले धेरै कुरा सिकेका छन् । आफू जस्तै अपाङ्गहरुलाई उनी हतास नहुन आग्रह गर्छन् अहिले । एउटा चोटले जीवनको अन्त्य नहुने उनको धारणा छ । उनी भन्छन् , ‘मेरा दुबै हात छैनन् तर म प्रविधीलाई साथ लिएर गीतसंगीतको काम गर्छु ।’

बाँच्नको लागि संगीत रोजें

गान्धर्व संगीत विद्यालयमा संगीतकार चन्दन कुमार श्रेष्ठ उनका गुरु हुन् । कुनै बेलामा अहिलेका चर्चित गायक शिव परियारसँगै गाउँदै – बजाउँदै गरेर हुर्केका टिका संगीतकर्मबाट बाँचेका कलाकार हुन् । जीवनको नयाँ गोरेटोमा लम्किरहेका यी सिपाहीले संगीत मार्फत युनिक अवार्ड, मिराकल अवार्ड र एभरेष्ट अवार्ड पाइसकेका छन् । गीत गाउने, लेख्ने र संगीत गर्ने थोरै मात्र मान्छेमा यिनी पर्छन् । नेपाल आर्मीको भरपुर सहयोग रहेको बताउने टिकालाई उनको सहयोगको लागि एकजना सिपाही पनि दिएको छ ।

%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a5%a7

संगीतमा उनलाई सहयोग गर्ने नेपालका तवलाबादक भुवन गन्धर्व र संगीतकार पवन वाङ लामाको एउटा सराहाना गर्न चुक्दैनन् उनी । सहयोगी सिपाही कल्याण चौलागाईंको साथमा उनी अहिले काठमाडौंका स्टुडियोहरुमा भेटिन्छन् । उनलाई कपडा लगाइदिने, खाना खुवाइदिने काम उनका सहयोगीले गरिदिन्छन् । जीवनलाई सकारात्मक रुपमा बुझेका टिकालाई अहिले देश-विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्याइनभ्याइ छ । उनको संगीतमा नेपालका प्रायः सबै चर्चित कलाकारले गाइसकेका छन् । उनको लेखन, संगीत र स्वरमा झण्डै ५०० गीतहरु रेकर्ड भइसकेका छन् । @ लोकान्तर |

उज्जवल भविष्यको लागि शुभकामना – तामाङलाइन युनिट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution