हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

हिट चरणबाटै बाहिरिइन् गौरिका,३४ खेलाडीमध्ये ३१ औं स्थानमा

gaurika
काठमाडौं : रियो ओलम्पिकमा सहभागी ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी नेपाली पौडीबाज गौरिका सिंह महिला एक सय मिटर ब्याकस्ट्रोक स्पर्धाको आफ्नो हिटमा पहिलो भए पनि अघिल्लो चरणमा भने पुग्न सकिनन् ।

हिट एकबाट प्रतिस्पर्धा गरेकी गौरिकाले निर्धारित दूरी पूरा गर्न एक मिनेट ०८.४५ सेकेन्ड समय खर्चिइन् । उनले आफ्नो हिटमा सामोआकी एभ्लिना एफोआ र कोसोभोकी रिटा जेक्विरीलाई पछि पारिन् । निर्धारित दूरी एभ्लिनाले एक मिनेट ०८.७४ र रिटाले एक मिनेट १२.३१ सेकेन्डमा पूरा गरे ।

समग्रमा भने गौरिका सहभागी ३४ खेलाडीमध्ये ३१ औं स्थानमा आइन् । गौरिकाले एभ्लिना र रिटासँगै केन्याकी पौडीबाज तालिसा लानोएलाई पनि पछि पारिन् । तालिसाले निर्धारित दूरी पार गर्न एक मिनेट १०.०२ सेकेन्ड समय खर्चिइन् । गौरिका यसअघि आफैले बनाएको कीर्तिमानभन्दा पनि पछि परिन् । उनले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्धारित दूरी एक मिनेट ७.३१ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।

गौरिकाका स्पर्धामा सहभागी ३४ मध्ये १६ जना खेलाडी अघिल्लो चरणमा पुग्न सफल भए । उक्त स्पर्धामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेकी अमेरिकी पौडीबाज क्याथलिन बाकेर ५८.८४ सेकेन्डसहित पहिलो स्थानमा रहेर अघिल्लो चरणमा पुगिन् । १६ औं स्थानमा रहेर अघिल्लो चरणमा पुगेकी आइसल्यान्डकी पौडीबाज एग्लो ओस्कले निर्धारित दूरी एक मिनेट ००.८९ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने क्रममा आठजना खेलाडीले एक मिनेटभन्दा कम समयमा निर्धारित दूरी पूरा गरेका थिए भने आठजना खेलाडीले एक मिनेटभन्दा पनि बढी समयमा दूरी पूरा गरे ।

ओलम्पिक सुरुहुनुभन्दा एक साता अघिदेखि गौरिकाको विषयमा विश्वभरका सञ्चार माध्यामले कान्छी खेलाडी र भूकम्पबाट जोगिएकी खेलाडी भन्दै प्राथकिताका साथ समाचार संप्रेषण गरेका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमध्ये गौरिका सबैभन्दा कम उमेरको खेलाडी भएको पक्का गरेको थियो । त्यसैले रियो ओलम्पिकमा दुई सय ६ देशबाट सहभागी खेलाडीमा गौरिकाको चर्चा निकै चल्यो ।

गौरिका आइतबार १३ वर्ष र दुई सय ५५ दिनकी भएकी छन् । बेलायतमा परिवारसँग बस्दै आएकी गौरिका रियो ओलम्पिकमा सहभागिता जनाउन उतैबाट रियो पुगेकी थिइन् । भारतमा ६ महिनाअघि भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन पनि गौरिका बेलायतबाट भारत आएकी थिइन् । भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न सागमा गौरिकाले नेपाललाई एक रजत र तीन कांस्यसहित चार पदक दिलाएकी थिइन् । नेपाली पौडी खेलाडीले सागको ब्यक्तिगत स्पर्धामा पदक जितेको पहिलो पटक थियो । गौरिकाले सन् २०१५ को जुनमा पहिलो पटक नेपालको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेकी हुन् ।

उनले एक वर्षको बीचमा सातवटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । उनले नेपालको तर्फबाट गत अगस्टमा रुसको काजनमा भएको विश्व च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । गौरिका रियो ओलम्पिकमा कान्छी खेलाडी भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्यापक रुपमा स्थान पाएपछि गौरिकासँगै नेपालको समेत ओलम्पिकका चर्चा भएको थियो । रियो ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका र शिरीष गुरुङले भाग लिएका छन् । पौडी खेलाडीले आईओसीको अनिवार्य कोटामार्फत सहभागिताको अवसर पाएको हो । शिरीषले भने मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।@ अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution