बहराइनमा अनु लामा तामाङले एकल नृत्य प्रतियोगिता प्रथम ट्रफी जितिन्
-सोनम दोङ तामाङ
२० मे – मानमा बहराइन, अन्तर्राष्ट्रिय कलाकार मंच बहराइनद्वारा आयोजित बहराइनमा लुकिरहेका प्रतिभा खोजी भन्ने मुल उद्धेश्यको साथ आयोजना गरिएका एकल नृत्य प्रतियोगितामा १४ जनालाई पछि पार्दै बहराइन तामाङ सेवा समाजकी अनु लामा तामाङले एक म्युजिक भिडियो,नगद बिडि, प्रथम ट्रफी जितेकी छिन् |साथै उनलाई सम्मान-पत्र प्रदान गरेका छ |
नेपाली राजदुताबास बहराइनका श्रम सहचारी जगदिश सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा,प्रवासी नेपाली मंचकि सकुन शुब्बा,झापाली सेवा समाजकी कमला श्रेष्ठ र मगर संघ को गुनराज मगरले क्रमशः दोश्रो,तेस्रो र सान्त्वना पुरस्कार हात पारिन्। सम्पुर्ण बिजेताहरुलाइ ट्रफी प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो।
मंचको अध्यक्ष प्रकाश पाठकको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा राजदुतावासका तृतीय सचिब अमृत लोप्चन तामाङ , नेपाली क्लबका मानर्थ समाजसेवी गम गुरुङ ,नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष असिम महतको विशिष्ठ अतिथि रहेको थियो।
बहराइन स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित बाग्लो रुपमा दर्शकहरको उपस्थिति रहेको प्रतियोगितालाई बहराइनमा निक्कै नै चर्चित नृत्य निर्देशिका तथा मोडेल अनु राणा र अरुण क्षेत्रीले निर्णायकको भुमिका निभाएका थिए ।
निर्णायक मंडलले निष्पक्ष निर्णय लिएको उपस्थित दर्शकहरुकेले हाम्रो सम्बादातालाई बताएको जानकारी प्राप्त भएको छ | कार्यक्रम मंचकी सल्लाहकार इन्दिरा क्षेत्री र सहकोषाध्यक्ष मेघराज आचार्यले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य मंचका द्वितीय उपाध्यक्ष शिव अधिकारीलेख्नु भएको थियो |