जन प्रगतिशील मञ्च जापानको अध्यक्षतामा हवल चन्द्र लामा तामाङ
जापान- जापान स्थित प्रवासी नेपालीहरूको संस्था जन प्रगतिशील मञ्च जापानको एकताको अधिवेशनले हवल चन्द्र लामाको अध्यक्षतामा ५५ सदस्यीय केन्दिय समिति निर्वाचित गरेको छ ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका नेताहरू देव गुरूङ, लिलामणि पोखरेल र युवानेता युवराज चौँलागाईको विशेष उपस्थिति रहेको थियो । एकतापछि माओवादी आन्दोलनले नयाँ उचाई लिने कार्यक्रममा उपस्थित नेताहरुको दाबी थियो । जापानमा रहेका समाजसेवी र विशिष्ट व्यक्तित्वहरूले अधिवेशनपछि बनेको कार्यसमितिलाई बधाई दिएका थिए।
अधिवेशनमा डा.भूपालमान् श्रेष्ठ , अरूण कुमार श्रेष्ठ , तिलक मल्ल , नर बहादुर थापा, बेलु थापा , हर्क थापा, रामहरी पुडासैनी , भवानी पन्त , अमृतराज उपाध्याय, कालिका थापा लगाएतका विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो । यो अधिवेशनले जापानवासी नेपालीहरूमा नयाँ तरंग र खुसी ल्याएको छ ।
अधिवेशनबाट चयन भएका पदाधिकारीहरुमा अध्यक्षः हवलचन्द्र लामा.उपाध्यक्षहरूः स्हिमाल भट्टराई, मोहन पौडेल, रोशन श्रेष्ठ, लोकनाथ अधिकारी, रामू खड्का ,महासचिवः श्यामहरी पाण्डे ,उपमहासचिवः बाबुराम पौडेल,सचिवहरूः सरोज धिताल, जनक सुवेदी,कोषाध्यक्षः श्रवण सत्याल,सहकोषाध्यक्षः लेखनाथ शर्मा र सदस्यहरुमा राजकुमार भण्डारी, सम्पूर्ण अधिकारी, रामहरि गौतम(आर एच), रामकृष्ण शर्मा, उत्तम श्रेष्ठ, राकेश विमलि, गणेश बिक, सन्तोषी अधिकारी, राम खत्री, आधी लामा, अर्जुन अम्गाई, टंक गैरे, भुवन हुमागाई, हरि पराजुली, गोविन्द सिंह, महेन्द्र पिसी, राजन पन्त, अस्मिता लामा, ध्रुव अधिकारी, अनिल रावल, राजन सुवेदी, पेमा लामा, पदम चापागाई, हिमा ढकाल, सेवक पिसी, सजिता मोक्तान, डेबिड पुन, बेनुका खडका, सुवास बस्ताकोटी, हिमलाल अधिकारी, विश्व अधिकारी, अर्जुन ढकाल, सरोज सेडाई, भैरब बराम, मुना सुनार, बिष्णु तामाङ्ग, सरिता अधिकारी, नानु देवकेटा र हरि पन्थि रहेका छन् |